News Portal

  • प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

    २१३ पटक

    काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्।

    बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले २०७० सालपछि पहिलोपटक प्रहरीसम्बन्धी नयाँ कानुन ल्याउने तयारी भएको जानकारी दिँदै सो विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरिएको बताए। “यो विषय मेरो व्यक्तिगत प्राथमिकता मात्र नभई गृह मन्त्रालयकै नीति निर्देशमा रहेको विषय हो,” उनले भने, “समितिले आवश्यक ठानेसम्मको छलफलका लागि मन्त्रालय तयार छ, तर विधेयक असारभित्रै टुंग्याएर संसदमा पठाउने वातावरण निर्माण गरिदिनु अनुरोध गर्दछु।”

    गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकलाई पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई पनि छिटो टुंगोमा पुर्‍याउन अनुरोध गरे। “गृह मन्त्रालयअन्तर्गत अन्य विधेयकहरू पनि क्रमशः तयारी अवस्थामा छन्,” उनले भने, “यी सबै विषयमा समितिले देखाउनुभएको चासो र प्राथमिकतालाई मन्त्रालयले सम्मानका साथ ग्रहण गरेको छ।”

    समितिमा भएको छलफललाई सकारात्मक मान्दै गृहमन्त्रीले प्रहरी प्रशासनको सुधार र समयअनुकूल कानुनी संरचना निर्माणका लागि संसदले समयमै सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...