News Portal

प्रधानमन्त्री ओलीद्वारा पार्टीलाई एकमुष्ट तीन लाख बढीको लेवी बुझाइयो

२६१ पटक

काठमाडौं, असार ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति आफ्नो दायित्व निर्वाह गर्दै एक वर्षको लेवी तथा सदस्यता शुल्क एकमुष्ट तिरेका छन्। बुधबार काठमाडौंस्थित एमाले केन्द्रीय कार्यालयमा पुगेर उनले पार्टीलाई जम्मा ३ लाख ३ हजार ६ सय रुपैयाँ बुझाएका हुन्।

एमालेको विधानअनुसार लाभको पदमा रहेका व्यक्तिहरूले मासिक २५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने प्रावधान छ, जुनअनुसार प्रधानमन्त्री ओलीले एक वर्षको दरले ३ लाख रुपैयाँ तिरेका हुन्। साथै, उनले प्रत्येक महिनाको ३ सय रुपैयाँका दरले ३ हजार ६ सय रुपैयाँ सदस्यता शुल्क पनि तिरेको सचिवालयले जनाएको छ।

पार्टीको आर्थिक अनुशासनलाई सुदृढ बनाउने हेतुले यस्तो अभ्यास गरिँदै आएको छ। एमालेले नियमित रूपमा सदस्यता शुल्क र लेवी संकलन गर्दै आएको छ भने लाभको पदमा रहेकाहरूबाट थप योगदान लिने परिपाटी कायम छ।

केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार, “प्रधानमन्त्री भएबापत अध्यक्ष ओलीले मासिक २५ हजारका दरले लेवी बुझाउनुभएको हो। उहाँले सदस्यता शुल्कसमेत नियमित रूपमा बुझाउँदै आउनुभएको छ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...