News Portal

प्रधानमन्त्री ओलीद्वारा पार्टीलाई एकमुष्ट तीन लाख बढीको लेवी बुझाइयो

२७९ पटक

काठमाडौं, असार ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति आफ्नो दायित्व निर्वाह गर्दै एक वर्षको लेवी तथा सदस्यता शुल्क एकमुष्ट तिरेका छन्। बुधबार काठमाडौंस्थित एमाले केन्द्रीय कार्यालयमा पुगेर उनले पार्टीलाई जम्मा ३ लाख ३ हजार ६ सय रुपैयाँ बुझाएका हुन्।

एमालेको विधानअनुसार लाभको पदमा रहेका व्यक्तिहरूले मासिक २५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने प्रावधान छ, जुनअनुसार प्रधानमन्त्री ओलीले एक वर्षको दरले ३ लाख रुपैयाँ तिरेका हुन्। साथै, उनले प्रत्येक महिनाको ३ सय रुपैयाँका दरले ३ हजार ६ सय रुपैयाँ सदस्यता शुल्क पनि तिरेको सचिवालयले जनाएको छ।

पार्टीको आर्थिक अनुशासनलाई सुदृढ बनाउने हेतुले यस्तो अभ्यास गरिँदै आएको छ। एमालेले नियमित रूपमा सदस्यता शुल्क र लेवी संकलन गर्दै आएको छ भने लाभको पदमा रहेकाहरूबाट थप योगदान लिने परिपाटी कायम छ।

केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार, “प्रधानमन्त्री भएबापत अध्यक्ष ओलीले मासिक २५ हजारका दरले लेवी बुझाउनुभएको हो। उहाँले सदस्यता शुल्कसमेत नियमित रूपमा बुझाउँदै आउनुभएको छ।”

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...