News Portal

पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुँदै, पतञ्जलि जग्गा प्रकरणले नयाँ मोड लिँदै

३०८ पटक

काठमाडौं, असार ११ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा उपस्थित हुँदैछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा उनीमाथि आरोप लागेपछि आज विशेष अदालतमा बयान दिने तयारी गरिएको हो।

नेपाल पक्षका कानुनी सल्लाहकारहरूका अनुसार अदालतमा उपस्थित हुन अनुमति माग्दै निवेदन दिइसकिएको छ र सोही अनुरूप आजको दिन अदालतमा पेशी तोकिएको छ। उनका निकटका कानुन व्यवसायीहरू बुधबारभित्रै बयान तथा थुनछेक बहस सक्ने तयारीमा छन्। उनीहरूले नेपाललाई थुनामा नराखी साधारण तारेखमा छाड्नुपर्ने तर्कसहित बहस गर्नेछन्। अर्कातर्फ, सरकारी वकिलहरू भने उनलाई थुनामा राखिनुपर्ने माग गर्दै अख्तियारको आरोपको समर्थन गर्नेछन्।

यो मुद्दा सन् २०६६ मा भएको एक सरकारी निर्णयसँग जोडिएको छ। पतञ्जलि योगपीठले नेपालमा जडीबुटी खेती, आयुर्वेद शिक्षालय र अस्पताल निर्माणका लागि हदबन्दी छुटको सुविधा लिई काभ्रेमा ठूलो परिमाणमा जग्गा खरिद गरेको थियो। तर खरिदपछिको केही समयमै ती जग्गा पुनः बिक्री गरेको देखिएपछि प्रश्न उठेको हो।

भूमिसम्बन्धी ऐनअनुसार हदबन्दी छुटको सुविधा लिएर खरिद गरिएका जग्गाहरू बिक्री गर्न पाइँदैन। त्यस्ता जग्गा कम्पनी विघटन भएमा सरकारकै स्वामित्वमा जानुपर्ने व्यवस्था छ। तर, तत्कालीन सरकारले जग्गा बिक्रीको अनुमति दिएको देखिएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...