News Portal

पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुँदै, पतञ्जलि जग्गा प्रकरणले नयाँ मोड लिँदै

३९४ पटक

काठमाडौं, असार ११ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा उपस्थित हुँदैछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा उनीमाथि आरोप लागेपछि आज विशेष अदालतमा बयान दिने तयारी गरिएको हो।

नेपाल पक्षका कानुनी सल्लाहकारहरूका अनुसार अदालतमा उपस्थित हुन अनुमति माग्दै निवेदन दिइसकिएको छ र सोही अनुरूप आजको दिन अदालतमा पेशी तोकिएको छ। उनका निकटका कानुन व्यवसायीहरू बुधबारभित्रै बयान तथा थुनछेक बहस सक्ने तयारीमा छन्। उनीहरूले नेपाललाई थुनामा नराखी साधारण तारेखमा छाड्नुपर्ने तर्कसहित बहस गर्नेछन्। अर्कातर्फ, सरकारी वकिलहरू भने उनलाई थुनामा राखिनुपर्ने माग गर्दै अख्तियारको आरोपको समर्थन गर्नेछन्।

यो मुद्दा सन् २०६६ मा भएको एक सरकारी निर्णयसँग जोडिएको छ। पतञ्जलि योगपीठले नेपालमा जडीबुटी खेती, आयुर्वेद शिक्षालय र अस्पताल निर्माणका लागि हदबन्दी छुटको सुविधा लिई काभ्रेमा ठूलो परिमाणमा जग्गा खरिद गरेको थियो। तर खरिदपछिको केही समयमै ती जग्गा पुनः बिक्री गरेको देखिएपछि प्रश्न उठेको हो।

भूमिसम्बन्धी ऐनअनुसार हदबन्दी छुटको सुविधा लिएर खरिद गरिएका जग्गाहरू बिक्री गर्न पाइँदैन। त्यस्ता जग्गा कम्पनी विघटन भएमा सरकारकै स्वामित्वमा जानुपर्ने व्यवस्था छ। तर, तत्कालीन सरकारले जग्गा बिक्रीको अनुमति दिएको देखिएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...