News Portal

आइसीसी अध्यक्ष महेश श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीबीच एकता हुने सहमति

३०० पटक

काठमाडौँ, असार १०  — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाबीच एकता हुने भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका टेनेसीमा दर्ता भई गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सञ्चालन भइआएको संस्था हो भने गैर आवासीय नेपाली संघ अमेरिका सन् २०२३ देखि सञ्चालन हुँदै आएको हो।

यो एकताको लागि दुई संस्थाका अध्यक्षहरू डा. अर्जुन बन्जाडे र सूर्य लम्सालले लिखित सहमति गरेका छन्। उक्त सहमति अनुसार डा. अर्जुन बन्जाडे नेतृत्वको एनआरएनए एनसीसी अमेरिकाले संघका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सूर्य लम्सालको उपस्थिति रह्यो। त्यसैगरी, सूर्य लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले संघका अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न न्यूयोर्कमा गर्न लागेको कार्यक्रममा डा. अर्जुन बन्जाडे र अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ।

शुक्रवार बाल्टिमोरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले एनआरएनए विवादका कारण संस्थाप्रति नकारात्मक धारणा बनेको उल्लेख गरे। उनले गत महिना काठमाडौंमा सम्पन्न एकता महाधिवेशनको मर्मअनुसार संस्थालाई एकजुट बनाउन आफूले सक्दो प्रयास गरिरहेको पनि जनाए।

सन् २०२२ मार्चमा काठमाडौंमा छुट्टाछुट्टै एनआरएनएका दशौं महाधिवेशन आयोजना गरिएपछि अमेरिकामा पनि एनआरएनएका छुट्टाछुट्टै कमिटीहरू गठन भएका थिए।

अमेरिकाका दुवै कमिटीबीच एकता प्रक्रिया अघि बढाउन गरिएको सहमतिले संसारभरिका एनआरएनए अभियन्ताहरूबीच सकारात्मक सन्देश गएको उनीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...