News Portal

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

३२८ पटक

बाल्टिमोर (अमेरिका), असार १०  – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएलाई एकताबद्ध गर्दै नेपालमा समृद्धिको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार बाल्टिमोरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले एनआरएनएको विगतको विभाजनप्रति चिन्ता व्यक्त गरे। उनले अबको यात्रा ‘समावेशी एकता र संस्थागत सुधार’ तर्फ केन्द्रित हुने बताए।

एनआरएनए एनसीसी अमेरिकाद्वारा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल समृद्ध बनोस् भन्ने डायस्पोराको चाहना रहेको र नेपालले पनि त्यही अपेक्षा राखेको बताए। “त्यसका लागि हामी ठूलो फन्डको तयारीमा छौँ र एनआरएनए ऐनमा सुधार ल्याउन पहल गरिरहेका छौँ,” उनले भने।

श्रेष्ठले विगतमा एनआरएनएप्रति नकारात्मक धारणा बनेको स्वीकार गर्दै यसको मुख्य कारण सङ्गठनभित्रको विभाजन रहेको बताए। “झगडा मात्र गर्ने संस्था भन्ने छवि बनेको छ। त्यसैले आवाज सुन्ने निकायहरूमा हाम्रो प्रभाव कमजोर भएको हो,” उनले स्पष्ट पारे।

श्रेष्ठले एकता प्रक्रियाको सन्दर्भमा मे महिनामा अध्यक्ष बन्ने निर्णयबारे स्पष्ट गर्दै भने, “त्यति बेला म अध्यक्ष बन्न तयार थिइनँ, तर सबै मिल्ने प्रस्ताव भएपछि म तयार भएँ।”

उनले संस्थाको एकताका लागि आवश्यक परे आफू पद त्याग गर्न तयार रहेको प्रस्ताव गरे पनि अर्कोतर्फबाट कुनै लचकता नदेखिएको बताए। उनले एमआइस (MIS) प्रणालीलाई लिएर जारी विवाद समाधानका लागि स्वतन्त्र समिति बनाउने प्रस्तावसमेत अस्वीकृत भएको जानकारी दिए।

अमेरिकाबाट एकताको सन्देश

एनआरएनए आइसिसीका उपाध्यक्ष बुद्धिसागर सुवेदीले एकताको विकल्प नरहेको भन्दै सहकार्यको अपिल गरे। उनले उपाध्यक्ष पदमा सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको मान्यतासहित निर्वाचित नेतृत्व भएकाले विवाद गर्न आवश्यक नरहेको बताए। महासचिव बीआर लामाले विभाजन अन्त्य गर्न वार्ता गरिरहेको जानकारी दिए। “हामी अक्टोबरसम्म कार्यकाल दिन तयार भयौँ, तर हाम्रो प्रस्ताव स्वीकार भएन,” उनले भने।

एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष डा. केशव पौडेलले एनआरएनएको नेतृत्व एजेन्डामा केन्द्रित हुनु आवश्यक रहेको बताए।

कार्यक्रममा मेरिल्यान्ड च्याप्टर अध्यक्ष कुल गुरुङले संस्थाको हितका लागि सबै एक ठाउँमा आउनुपर्ने बताए। “हामी दोधारमा छौँ, सदस्यता बनाउन समेत गाह्रो छ, अब एकताको सन्देश दिनुपर्छ,” उनले भने।

एनआरएनए अमेरिका अध्यक्ष डा. अर्जुन बन्जाडेले कार्यक्रममार्फत धेरैको अन्योल हटेको बताए। “महेश दाइको नेतृत्वमा सुरु भएको एकता अभियान उत्साहजनक छ। एनआरएनए अमेरिकालाई एक बनाएर लैजान हामी प्रतिबद्ध छौँ,” उनले भने।

त्यस्तै, एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालले विगत ४–५ वर्षको विवाद हटेर एकताको सुरुआत भएको टिप्पणी गरे। “अब हामी नागरिकता र लगानीजस्ता विषयमा केन्द्रित हुनुपर्छ,” उनले जोड दिए।

यसअघि टेक्सास राज्यको ड्यालस सहरमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...