News Portal

गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

२५४ पटक

काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर स्थायी समाधानतर्फ लागिरहेको बताएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा समस्याको छानबिन तथा समाधानका लागि समिति गठन गरेको छ। यस समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू पनि रहनेछन्।

गृहमन्त्री लेखकका अनुसार समितिले तत्काल र दीर्घकालीन योजना सहित आवश्यक नीति तथा कानुनी सुधारका मस्यौदा तयार पारेर सरकारलाई सुझाव दिनेछ। सरकारले समितिको सुझाव अनुसार आवश्यक कदम चाल्ने तयारीमा रहेको उनले बताए।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...