News Portal

गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

२३१ पटक

काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर स्थायी समाधानतर्फ लागिरहेको बताएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा समस्याको छानबिन तथा समाधानका लागि समिति गठन गरेको छ। यस समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू पनि रहनेछन्।

गृहमन्त्री लेखकका अनुसार समितिले तत्काल र दीर्घकालीन योजना सहित आवश्यक नीति तथा कानुनी सुधारका मस्यौदा तयार पारेर सरकारलाई सुझाव दिनेछ। सरकारले समितिको सुझाव अनुसार आवश्यक कदम चाल्ने तयारीमा रहेको उनले बताए।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...