News Portal

  • इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

    ३३९ पटक

    काठमाडौँ, असार १०  — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ।

    एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बी.आर. लामाद्वारा सोमबार जारी विज्ञप्तिमा इजरायल र इरानबीच द्वन्द्व चर्किंदै जाँदा इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ (स्थानीय समयअनुसार सोमबार राति) मिसाइल प्रहार गरेको खबर आएको उल्लेख छ।

    “कतार, युएई, बहराइन, कुवेत, साउदी अरेबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ। सम्बन्धित देशका सरकारहरू, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

    “भारत सरकारको समेत सहयोगमा इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सकुशल उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरिरहेको पहलको हामी प्रशंसा गर्दछौँ। ती मुलुकहरूमा रहेका संघका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई सक्रियतापूर्वक स्थानीय नेपाली समुदायलाई सही सूचना तथा जानकारीसहित सक्दो सहयोग गर्न अनुरोध गर्दछौँ। एनआरएनए आइसिसीले पनि २४ सै घण्टा बदलिँदो परिस्थितिको अनुगमन गरिरहेको छ र नेपाल सरकार, सम्बन्धित दूतावासहरू तथा एनसीसीहरूसँग निरन्तर सम्पर्कमा रही हरसम्भव सेवा पुर्‍याउन तत्पर रहेको जानकारी गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ।

    यसैबीच, इजरायल तथा इरानबीच युद्धविराम भएको भन्ने समाचारहरू आएका छन्, तर यस सम्बन्धी थप विवरण आउन बाँकी छन्। “हामी सबै पक्षलाई संयुक्त राष्ट्रसंघका मूलभूत मान्यताहरूको पालना गर्दै कूटनीतिक माध्यमबाट छलफल र वार्तामार्फत दिगो शान्तिका लागि पहल गर्न अपिल गर्दछौँ,” एनआरएनए आइसिसीका प्रवक्ता गंगाधर गौतमले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...