News Portal

  • संसद् अवरोधबारे रणनीति बनाउन रास्वपाको छलफल

    २१७ पटक

    काठमाडौं, असार १० – विदेश जाने भिजिट भिसामा भइरहेको आर्थिक अनियमितता प्रकरणले संसद् अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ।

    सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेसँगै अब रास्वपा संसद् अवरोधलाई निरन्तरता दिने कि फिर्ता लिने भन्नेबारे रणनीति तय गर्न छलफलमा लागेको हो।

    यस विषयमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘‘अहिले हामी छलफलमै छौं।’’

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बैरागी नेतृत्वको छानबिन समिति बनाउने निर्णय गरेको हो। समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू रहनेछन्।

    भिजिट भिसाका नाममा हुँदै आएका अपारदर्शी आर्थिक कारोबारलाई लिएर रास्वपा र राप्रपा लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएका छन्। अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल भने अगाडि बढाइरहेको छ।

    यसअघि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले समेत गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरेको थियो। तर ३० जेठमा सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि माओवादी संसद् अवरोधबाट पछि हटेको थियो।

    अब रास्वपा र राप्रपा मात्र संसद् अवरोधमा उभिएका छन्। संसद् अवरोधलाई निरन्तरता दिने वा नयाँ रणनीति तय गर्ने विषयमा रास्वपाले चाँडै निर्णय लिने तयारी गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...