News Portal

जनकपुरका कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला, घटना शंकास्पद

३२९ पटक

धनुषा, असार १० – जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत फेला परेकी छिन्। विवाह भएको करिब ६ महिनामै उनी सोमबार राति धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित सुटिङ सेट नजिकै रहेको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको सूचना प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो र सूक्ष्म रूपमा अनुसन्धान सुरु गरिएको छ। घटनास्थलबाट प्रहरीले सेटभित्र रहेका सबै प्रकारका डिभाइसहरू नियन्त्रणमा लिएको छ।

पोष्टमार्टम रिपोर्ट प्राप्त नहुँदासम्म मृत्युको कारणबारे ठोस रुपमा केही भन्न नसकिने प्रहरीको भनाइ छ। यद्यपि प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिएको छ। अहिले प्रहरी अनुसन्धानको दायरा फराकिलो बनाउँदै घटनाका सबै पक्षहरूमाथि गहिरो छानबिन भइरहेको जानकारी प्राप्त भएको छ।

कलाकार अभिनास झा र अँसा सदाबीच केही महिना अघि अन्तरजातीय विवाह भएको थियो। विवाहपछि दुबै जनाले विधिपूर्वक गृह प्रवेशसमेत गरेका थिए। तर विवाहको छोटो समयमा नै यस्तो घटनाले आफन्तजन र शुभचिन्तकहरू स्तब्ध बनेका छन्।

घटनाको सम्पूर्ण यथार्थ पत्ता लगाउन प्रहरी जुटिरहेको छ भने पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै मृत्युबारे प्रस्ट जानकारी आउने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...