News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतका संस्थापक राकेश मनाङथेनले किन दिए राजीनामा?

४४४ पटक

कुवेत, असार १० — नुवाकोट धादिङ रसुवा समाज, कुवेतका संरक्षक पदमा रहेर सेवा गरिरहेका संस्थापक राकेश मनाङथेनले राजीनामा दिएका छन्। संस्थाभित्र पछिल्लो समय बाह्य व्यक्तिहरूको बढ्दो हस्तक्षेप, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, र संस्थाको मूल उद्देश्य विपरीत गतिविधिहरू भइरहेको भन्दै उनले यस्तो निर्णय लिनुपरेको स्पष्ट पारेका छन्।

हिमालीसंचारसँगको कुराकानीमा उनले भने, “यस्तो परिस्थितिमा मेरो व्यावसायिक मूल्य, सिद्धान्त र आत्मसम्मानलाई नै ठेस पुग्ने स्थिति सिर्जना भएको छ। त्यसैले म अब यस पदमा रहेर कार्य गर्न असमर्थ छु। मात्र संरक्षक पदबाट होइन, साधारण सदस्यको रूपमा पनि अब संस्थामा नबस्ने निर्णय लिएको छु।”

संस्थाको स्थायित्व, सुदृढता र समृद्धिका लागि प्रारम्भदेखि नै संस्थापक अध्यक्षको रूपमा आफूले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले भने, “वि.सं. २०७४ (सन् २०१७) मा प्रवासमा रहेका नुवाकोट, धादिङ र रसुवाका दाजुभाइ, दिदीबहिनीहरूलाई एकताको सूत्रमा बाँध्न, सहयोग र सामूहिक पहिचानको भावना अभिवृद्धि गर्न संस्थाको प्रारम्भिक परिकल्पना, विधान निर्माण र संरचना सञ्चालनमा मैले नेतृत्व गरेको हुँ।”

सन् २०१७ देखि २०२२ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्दै आफूले संस्थालाई व्यवस्थित र सक्रिय बनाउन निरन्तर प्रयास गरेको उनले बताए। व्यक्तिगत, पारिवारिक र पेशागत व्यस्तता हुँदाहुँदै पनि संस्थाको सेवा, सहयोग र हितमा आफू समर्पित रहेको उनको भनाइ थियो।

उनले समाजका सम्पूर्ण सदस्यहरूबाट प्राप्त साथ, सुझाव र सल्लाहप्रति आभार व्यक्त गर्दै भने, “संस्थाबाट पाएको सम्मान, अवसर र विश्वासका लागि म आभारी छु। कार्यकालमा जानी–नजानी भएका त्रुटिहरूको लागि क्षमा प्रार्थी छु।”

हाल परिस्थितिजन्य कारणले संस्था सञ्चालनको जिम्मेवारी वहन गर्न असमर्थ भएकाले आजकै मितिबाट संरक्षक पदबाट मात्र होइन, साधारण सदस्यको रूपमा पनि अलग रहने निर्णय लिएको उनले जानकारी दिए। “कृपया मेरो राजीनामा स्वीकार गरी उक्त पद तथा जिम्मेवारीबाट मुक्त गरिदिनुहुन अनुरोध गर्दछु,” उनले भने।

उनले थपे, “आगामी दिनहरूमा म व्यक्तिगत रूपमा गर्ने कुनै पनि कार्य समाजको मातहत रहने छैन, र ती कार्यहरू मेरो व्यक्तिगत विवेक तथा जिम्मेवारीमा आधारित हुनेछन्।”

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...