News Portal

प्रदेशसभा विवादित : सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यातेर सरकारलाई चुनौती

३७१ पटक

पोखरा, असार ९ — गण्डकी प्रदेशसभाको सोमबारको बैठक विशेषगरी बजेट छलफलकै लागि बोलाइएको थियो। तर, छलफलको बीचमा एउटा दृश्य यस्तो देखियो, जसले संसद् नै तनाबपूर्ण बनायो। नेकपा माओवादी केन्द्रका प्रदेशसभा सांसद रेशम बहादुर जुग्जाली आफैं रोष्ट्रममा उभिएर बजेट पुस्तिका च्यात्दै विरोध जनाए।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सांसद जुग्जालीले प्रदेश सरकारले ल्याएको बजेटलाई पूर्वाग्रही र असन्तुलित भएको आरोप लगाउँदै सार्वजनिक रूपमा बजेटको प्रति च्यातेर असन्तुष्टि पोखेका हुन्।

‘यो बजेटले प्रदेशवासीलाई होइन, देवीदेवताहरूलाई मात्र खुसी बनाउने गरी ल्याइएको छ,’ भन्दै उनले तिखो टिप्पणी गरे। उनले विकासका नाममा बजेट धार्मिक कार्यक्रम र मन्दिर निर्माणमा मात्रै खर्च गर्ने नियत राखिएको भन्दै आलोचना गरे।

जुग्जालीले बजेटको भौगोलिक विभाजनलाई लिएर समेत प्रश्न उठाए। ‘बजेट सगरमाथा चढ्न खोज्या थियो, तर हिन्दसागर तिर पुगेको छ,’ भन्दै उनले सरकारको प्राथमिकता प्रति व्यंग्य गरे। साथै उनले गण्डकी प्रदेशका अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई म्याग्दीको दुर्गम भेग गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्मको यात्रा गराउनुपर्ने सुझाव समेत दिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...