आज : २०२६-०६-१६, मङ्गलबार

क्रोएसिया पठाउने भन्दै ठगी गर्ने सिन्धुलीका युवक पक्राउ

काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक युवक पक्राउ परेका छन्। क्रोएसिया पठाइदिन्छु भन्दै आर्थिक ठगी गर्ने ४२ वर्षीय सुवर्ण कुमार बल प्रहरीको नियन्त्रणमा आएका हुन्।

सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका बसोबास गर्दै आएका बललाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले विदेश पठाइदिने प्रलोभन देखाई एक व्यक्तिबाट ३ लाख ५० हजार रुपैयाँ असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका बललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ।