News Portal

सामान्य विवादले हिंसात्मक रूप लिँदा चन्द्रागिरिमा चक्कु प्रहार

३२१ पटक

काठमाडौं, असार ८ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, गोदामचोकमा शनिबार राति चक्कु प्रहार भएको छ। स्थानीय ४६ वर्षीय सुकबहादुर लामामाथि चक्कु प्रहार हुँदा उनी घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार राति करिब १० बजेतिर विवादका क्रममा चक्कु प्रहार भएको हो। सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३२ वर्षीय महेश्वर लामालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा दुबैबीच सामान्य झगडा भएको र त्यसक्रममा महेश्वरले सुकबहादुरमाथि चक्कु प्रहार गरेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि घाइते सुकबहादुरलाई उपचारका लागि स्थानीय गोदाम स्वास्थ्य चौकीमा लगिएको छ। घाँटीतिर चोट लागेका उनले हालसम्म बोल्न सक्ने अवस्था रहेको प्रहरीको भनाइ छ।

यता, झगडाका क्रममा महेश्वर स्वयं पनि सामान्य घाइते भएका छन्। घटनाबारे विस्तृत छानबिन अघि बढाइएको र थप तथ्य संकलन गर्ने कार्य जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...