News Portal

तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

२५० पटक

काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले काठमाडौंको हाँडीगाउँमा निजी घर भाडामा सञ्चालन हुँदै आएको छ। आयोगले त्यस कार्यालयका लागि मासिक साढे ९ लाख रुपैयाँभन्दा बढी भाडा तिर्दै आएको खुलासा भएपछि उक्त विषय शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रमुख एजेण्डा बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सो बैठकमा संक्रमणकालीन न्याय तथा मानवअधिकार सल्लाहकार अग्नी खरेलले आयोगले तिरेको भाडा अत्यधिक भएको भन्दै गुनासो राखे। उनले द्वन्द्वपीडितहरूका लागि समेत उक्त स्थान अनुपयुक्त रहेको उल्लेख गर्दै कार्यालय स्थानान्तरणको प्रस्ताव गरेपछि प्रधानमन्त्री ओली आफैं पनि ‘त्यति धेरै भाडा?’ भन्दै चकित बनेको स्रोतले जनाएको छ।

खरेलका अनुसार, बैठकमा सहभागी दलहरूबीच आयोगको कार्यालय अन्यत्र सार्ने विषयमा सहमति जुटेको छ। ‘अब हामी द्वन्द्वपीडितलाई सहज हुने गरी कार्यालय सार्नेछौं,’ खरेलले बैठकपछि सञ्चारकर्मीहरूसँग भने।

त्यस्तै, बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा कर्मचारी व्यवस्थापन र द्वन्द्वपीडितहरूप्रति आयोगको विश्वास पुनःस्थापना गर्नुपर्ने विषयमा पनि गहन छलफल भएको थियो। बैठकमा सहभागी नेताहरूले द्वन्द्वपीडितहरूका समस्या समाधान र न्याय सुनिश्चित गर्न एकमत भएर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीसँगै एमालेबाट अग्नी खरेल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी थिए।

द्वन्द्वपीडितहरूलाई न्याय दिन गठन गरिएको आयोगको कार्यालय आफैं अनावश्यक रूपमा करोडौं रुपैयाँ खर्च गर्ने अवस्थामा पुग्दा तीन दलका नेताहरूले अब त्यसलाई सच्याउने निर्णय लिनु सकारात्मक कदमका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...