News Portal

  • सभामुखको पहलमा रास्वपासँग छलफल, संसद अवरोध नहुने आशा

    ११७ पटक

    काठमाडौं, असार ६ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएसँगै संसदमा अवरोध नहोस् भन्ने उद्देश्यले सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्। बैठक सुरु हुनुअघि नै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग छुट्टै छलफल गरेका छन्।

    शुक्रबार बिहानै सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएर संवाद गरेका हुन्। संसदको सम्भावित कार्यसूचीअनुसार बिहान ११ बजे सुरु हुने बैठकको पहिलो एजेन्डा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नै रहेको छ।

    अघिल्ला बैठकहरूमा रास्वपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै पटक–पटक नाराबाजी र वेल घेरेर संसद अवरुद्ध गर्दै आएका थिए। यही पृष्ठभूमिमा सभामुखले प्रधानमन्त्रीको सम्बोधन शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन गराउन रास्वपालाई सहयोग गर्न अनुरोध गरेका हुन्।

    उनले अघिल्लो अभ्यासहरूमा प्रधानमन्त्रीको सम्बोधनका बेला अवरोध नगर्ने परम्परा रहेको स्मरण गराउँदै विरोधका स्वरूपलाई बदलेर या स्थगन गरेर संसद सञ्चालनमा सहयोग पुर्‍याउन आग्रह गरे।

    सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरलाई संसदको गरिमा र उत्तरदायित्वसँग जोडेर सबै दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...

    रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

    काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने...