News Portal

  • मितेरी सहकारी ठगी प्रकरणः ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिनको म्याद थप

    १७१ पटक

    काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध अदालतले ७ दिनको म्याद थप गरेको छ। लिखतसम्बन्धी कसुर र ठगीको आरोपमा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले बिहीबार यस्तो आदेश दिएको हो।

    भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार राति काठमाडौं ल्याएर बिहीबार अदालतमा उपस्थित गराएको थियो। सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार नागरिकता, राहदानी र सहकारी ठगीसम्बन्धी आरोपमा प्रारम्भिक अनुसन्धान अघि बढाउन पहिलो पटक अदालतबाट म्याद लिइएको हो।

    अनुसन्धानका क्रममा भण्डारीको नाममा कास्की र बर्दियाबाट दुई फरक नागरिकता र राहदानी लिएको प्रमाण फेला परेको छ। यो विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका बचतकर्ताहरूको करिब १४ करोड रुपैयाँ अपचलन गरी भण्डारी लामो समयदेखि फरार रहेका थिए। उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार १४४ जना बचतकर्ता र सञ्चालकहरू मिलाएर उक्त रकम अपचलन गरिएको आशंका छ। भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङमार्फत सहकारीको रकम निकालेको र ती रकमहरू क्रिप्टोमार्फत विदेश पठाएको आशंका प्रहरीको छ।

    बर्दिया बाँसगढी गाउँपालिका–७ स्थायी घर भएका ४२ वर्षीय भण्डारीलाई हाल थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...