News Portal

भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिनको माग, राप्रपाको संसद्मा आवाज

२३० पटक

काठमाडौं, असार ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा संलग्नताको आशंकामा पूर्वदेखि वर्तमानसम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो प्रस्ताव सार्वजनिक रूपमा राखेका हुन्।

शाहीले पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि हालका गृहमन्त्री रमेश लेखकसम्मका १४ जना गृहमन्त्रीमाथि छानबिन आवश्यक रहेको तर्क गरेका छन्। उनका अनुसार यो विषय कुनै एक दलसँग मात्र सम्बन्धित नभई समग्र नेपाली जनताको साझा सरोकार हो, जसमा सबै दलले एक ठाउँमा उभिनुपर्ने उनले जिकिर गरे।

‘भिजिट भिसा प्रकरणमा सत्य के हो भन्ने स्पष्ट पार्न हामी सबै एक ठाउँमा आउनुपर्छ,’ शाहीले संसद्मा भने, ‘छानबिन समिति गठन नभएसम्म राप्रपाको विरोध जारी रहन्छ।’

उनले सभामुखलाई सम्बोधन गर्दै संसद बलपूर्वक चलाउन खोजिए त्यसले समस्या अझै जटिल बनाउने चेतावनी समेत दिए। संसदमा विवाद चुलिँदै जाँदा रास्वपाका सांसदहरूले बेल घेरेर आक्रोश व्यक्त गरे भने राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिए।

भिजिट भिसा प्रकरणले देशभर चर्चाको विषय बनेको छ। सरकार र संसदमा यसबारे गहिरो बहस सुरु भएको छ। छानबिन प्रक्रिया अघि बढ्ने हो वा नहोने भन्ने चासो अझै बाँकी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...