News Portal

  • मितेरी सहकारी घोटाला : दुई वटा नागरिकता र राहदानी बनाएका ज्योतिबहादुर भण्डारीमाथि थप छानबिन सुरु

    १३१ पटक

    काठमाडौं, असार ५ – मितेरी बचत तथा ऋण सहकारी घोटालामा संलग्न अभियुक्त ज्योतिबहादुर भण्डारीमाथि नागरिकता र राहदानी सम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ।

    काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीको नाममा दुईवटा फरक नागरिकता र दुईवटा राहदानी फेला परेको पुष्टि भएसँगै नयाँ अध्यायको अनुसन्धान सुरु भएको हो। उनले कास्की र बर्दियाबाट फरक विवरणमा नागरिकता र राहदानी बनाएको खुलेको छ।

    लामो समयदेखि फरार रहेका भण्डारीलाई प्रहरीले इन्टरपोलमार्फत जारी रेड नोटिसको आधारमा कम्बोडियाबाट पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनीविरुद्ध मितेरी सहकारीको करोडौं रुपैयाँ अपचलन गरी विदेशतिर पठाएको गम्भीर आरोप लागेको छ।

    भण्डारीमाथि ललितपुरस्थित मितेरी सहकारीका १४४ जना बचतकर्तासहित संचालकहरूको करिब १४ करोड रुपैयाँ हिनामिना गरेको अभियोग छ। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले उक्त रकम सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उठाएको र त्यसपछि थाइल्याण्ड हुँदै कम्बोडिया पुगेको विवरण फेला पारेको छ।

    सहकारीका पदाधिकारीहरूलाई उनले पटक–पटक ह्वाट्स एपमार्फत झुटा विवरण र आश्वासन दिएर रकम फिर्ता गरिदिने प्रलोभनमा पार्न खोजेको पनि प्रहरीले जनाएको छ। विशेष गरेर, ग्लोबल आईएमई बैंक इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ ट्रान्सफर गरेको भन्दै टोकनको फोटो समेत पठाएर फसाउने प्रयास गरेको खुलेको छ। तर उक्त रकम भने झुटो भएको पुष्टि भइसकेको छ।

    अहिले भण्डारीमाथि नागरिकता र राहदानी दुवै प्रकरणमा छुट्टाछुट्टै अनुसन्धान अघि बढाइएको छ। यता, करोडौं रुपैयाँ ठगीमा परेको पीडित बचतकर्ता भने आफ्नो गाढा पसिना बगाएर जम्मा पारेको रकम फिर्ता पाइने आशामा छन्।

    हिमाली सञ्चारको समाचार टोलीसँग कुरा गर्दै सीआईबी स्रोतले भन्यो, “नागरिकता र राहदानी प्रकरणले यो ठगी काण्डलाई अझ गहिरो बनाएको छ। छिट्टै यसमा नयाँ मोड आउने सम्भावना छ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...