News Portal

  • भिजिट भिसा प्रकरणमा रास्वपाभित्र छानबिन, सांसद श्रेष्ठमाथि आरोप

    २७४ पटक

    काठमाडौं, असार ५ – भिजिट भिसाको नाममा नक्कली उजुरी दर्ता गराएको आरोपसँगै विवादमा तानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घटनाको छानबिन गर्ने निर्णय गरेको छ। पार्टीले यस विषयलाई गम्भीर रूपमा लिँदै भित्रैबाटै सत्यतथ्य पत्ता लगाउने पहल थालेको हो।

    बिहीबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले यस्ता गतिविधिलाई कुनै पनि किसिमले प्रोत्साहन नगर्ने निर्णय गर्दै आरोपको छानबिन गर्ने स्पष्ट घोषणा गरेको छ। खासगरी सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिएको भन्ने आरोप सार्वजनिक भएपछि पार्टीभित्र नै छलफल सुरु भएको थियो।

    संसद बैठकमा गृहमन्त्री रमेश लेखकले रास्वपातर्फ संकेत गर्दै नक्कली पीडित खडा गरिएको आशंका व्यक्त गरेका थिए। तर, रास्वपाले यसलाई सरकारकै नियोजित प्रपञ्चको हिस्सा भएको दाबी गर्दै विरोध जनाएको छ। पार्टीको भनाइ छ, “यो घटनालाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीले दिएका अभिव्यक्तिहरूको निरन्तरता र षड्यन्त्रको श्रृङ्खला मानेका छौं।”

    पार्टीले स्पष्ट रूपमा बताएको छ कि यस्ता कार्यहरूमा पार्टीको कुनै संलग्नता छैन र भविष्यमा पनि यस्ता गतिविधिलाई समर्थन नदिनेछ।

    घटनाको सत्यतथ्य पत्ता लगाउन र जिम्मेवार पहिचान गर्न रास्वपाले सांसद प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

    काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ...

    राष्ट्र बैंकले गर्यो डिजिटल भुक्तानी प्रणाली सुधारको रोडम्याप सार्वजनिक

    काठमाडौँ, असोज २७ – नेपाल राष्ट्र बैंकले देशको डिजिटल भुक्तानी प्रणालीलाई अझ सुरक्षित, समावेशी र...

    नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं, असोज २७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल...

    इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि

    काठमाडौं, असोज २७ – गत वर्ष हमास लडाकु समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी...

    आज २०८२ साल असोज २७ गतेको राशिफल

    आज असोज २७, २०८२ (अक्टोबर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...