News Portal

  • संक्रमणकालीन न्यायमा निष्कर्ष निकाल्ने प्रयास, प्रधानमन्त्री ओलीको नेतृत्वमा बैठक तयारी

    २३५ पटक

    काठमाडौं, असार ५ – संक्रमणकालीन न्यायसँग सम्बन्धित जटिल विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्। प्रमुख विपक्षी दलहरूबीच सहमति जुटाउन प्रधानमन्त्री ओलीले पहल थालेका छन्।

    प्रधानमन्त्री ओलीले तीन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने प्रयास गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलका लागि तयार भइसकेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर रहेकाले बैठक तत्काल बस्न सकेको छैन।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार र बुधबार तीन दलका नेताहरूबीच औपचारिक छलफलको तयारी गरिएको थियो। प्रचण्ड चितवनबाट काठमाडौं फर्किने भनिएपछि बुधबार बैठक तय गरिएको थियो। तर प्रचण्डको काठमाडौं नआएपछि बैठक सारिएको हो। ‘आज दिउँसो २ बजे बस्ने भनिएको छ, तर प्रचण्ड कहिले फर्किने भन्ने खुलेको छैन,’ प्रधानमन्त्री सचिवालयका एक अधिकारीले बताए।

    छलफलको मूल विषय संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेको बताइएको छ। आयोगमार्फत अघि बढिरहेको प्रक्रिया सफल बनाउँदै पीडितहरूको आवाज कसरी सम्बोधन गर्ने भन्ने विषयमा नेताहरूबीच राय साटासाट गर्ने तयारी गरिएको छ।

    सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीच भने निरन्तर संवाद भइरहेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ। बुधबार बेलुकी पनि यी दुई दलबीच छलफल भएको थियो। प्रचण्ड काठमाडौं फर्किएपछि मात्रै तीन दलबीच बहुपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्री ओलीको नेतृत्वमा संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुर्‍याउन दलहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...