News Portal

गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

४०४ पटक

महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र महतो र उपप्रमुख रेणुकुमारी महतोबीचको लामो समयदेखिको मतभेद मंगलबार चरममा पुगेपछि उपप्रमुख महतो कार्यालय प्रवेश गर्न नपाएर गेटबाहिर बस्न बाध्य भएकी छन्।

नगरप्रमुख महतोको आदेशमा नगर प्रहरीले कार्यालयको मुख्य प्रवेशद्वारमै तालाबन्दी गरेको छ। नियमित कामकाजका लागि कार्यालय पुगेकी उपप्रमुख महतो गेटमै रोकिएकी हुन्। गेटमा ताला लगाइए पनि नगर प्रहरीहरू भने दृश्यमा देखिएनन्।

उपप्रमुख महतोले नगरप्रमुखकै निर्देशनमा आफूलाई कार्यालय प्रवेशमा अवरोध गरिएको बताउँदै आपत्ति जनाएकी छिन्। “म जनताबाट निर्वाचित भएर आएको प्रतिनिधि हुँ, तर यहाँ गुण्डागर्दी शैलीमा मलाई रोकिएको छ,” उनले गेटबाहिर पत्रकारहरूसँग भनिन्।

स्थानीयवासीहरू यो विवादप्रति आक्रोशित देखिएका छन्। उनीहरूले जनप्रतिनिधिहरूको व्यक्तिगत विवादले नगरपालिकाको कामकाज अवरुद्ध हुँदा नगरको विकास गतिविधि प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...