News Portal

सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

२६२ पटक

काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच छलफल जारी छ। पछिल्लो समय भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा काण्डमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेका छन्। सोही विषयलाई लिएर सभामुख घिमिरेले आज प्रतिनिधिसभा बैठक सुरु हुनु अघि गृहमन्त्रीसँग दुई बुँदे सहमति कार्यान्वयन र रास्वपाका मागहरूका विषयमा विशेष छलफल गरिरहेका छन्।

सभामुखको सचिवालयका अनुसार गृहमन्त्रीसँगको छलफलपछि रास्वपाका प्रमुख नेता सन्तोष परियारसँग पनि भेटवार्ता गर्ने तयारी छ। यसअघि दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि कुनै ठोस सहमति जुट्न सकेको छैन।

आइतबार र सोमबारको बैठकमा रास्वपा र राप्रपाले निरन्तर अवरोध गर्दै आएका थिए। अवरोधका बीच पनि सभामुखले संसद् सञ्चालन गरिरहेका थिए। आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध जारी राख्ने बताइएको छ।

संसद् सञ्चालनमा सहजता ल्याउन सभामुखले संवाद र सहमतिका लागि पहल तीव्र पारेका छन्। अब आगामी छलफलबाट राजनीतिक गतिरोध हट्ने आशा गरिएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...