News Portal

सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

३४२ पटक

काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच छलफल जारी छ। पछिल्लो समय भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा काण्डमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेका छन्। सोही विषयलाई लिएर सभामुख घिमिरेले आज प्रतिनिधिसभा बैठक सुरु हुनु अघि गृहमन्त्रीसँग दुई बुँदे सहमति कार्यान्वयन र रास्वपाका मागहरूका विषयमा विशेष छलफल गरिरहेका छन्।

सभामुखको सचिवालयका अनुसार गृहमन्त्रीसँगको छलफलपछि रास्वपाका प्रमुख नेता सन्तोष परियारसँग पनि भेटवार्ता गर्ने तयारी छ। यसअघि दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि कुनै ठोस सहमति जुट्न सकेको छैन।

आइतबार र सोमबारको बैठकमा रास्वपा र राप्रपाले निरन्तर अवरोध गर्दै आएका थिए। अवरोधका बीच पनि सभामुखले संसद् सञ्चालन गरिरहेका थिए। आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध जारी राख्ने बताइएको छ।

संसद् सञ्चालनमा सहजता ल्याउन सभामुखले संवाद र सहमतिका लागि पहल तीव्र पारेका छन्। अब आगामी छलफलबाट राजनीतिक गतिरोध हट्ने आशा गरिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...