News Portal

  • ५७ वर्ष पुरानो निशानथानमा रहेको विद्यालय मर्ज हुँदा बेवारिसे अवस्थामा

    १९६ पटक

    रविन्द्र बराल/मोरङ, जेठ २९ – मोरङको रंगेली नगरपालिका–३ स्थित निशानथानमा २०२५ सालमा स्थापना भएको सरस्वती नि. मा विद्यालय दुई वर्षदेखि बन्द भएको छ। नेपाल सरकारले केही वर्ष अघि न्यून छात्र संख्या भएका सरकारी विद्यालयहरूलाई मर्ज गर्ने नीति ल्याएपछि रंगेलीका दुई विद्यालयहरू मर्ज भए, र त्यसयता ती विद्यालयहरू सुनसान र बेवारिसे अवस्थामा रहेका छन्।

    स्थानीय नवराज थापाका अनुसार, सुरुको समयमा सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव हुँदा चौरमै पढाइ चलाइन्थ्यो। दुई वर्षअघि उक्त विद्यालयमा नियमित रूपमा जम्मा दुई जना मात्र विद्यार्थी आउने गरेको हुँदा नगरपालिकाले उनीहरूलाई रत्न माध्यमिक विद्यालयमा स्थानान्तरण गर्यो। त्यसपछि विद्यालय बन्द भएको शिक्षा शाखाका एक कर्मचारीले जानकारी दिए।

    स्थानीय बासिन्दाहरूका अनुसार, उक्त विद्यालय स्थानीयहरूको पहल, लगानी र मेहनतमा स्थापना गरिएको थियो, जसको उद्देश्य गाउँघरका गरीब तथा विपन्न परिवारका बालबालिकालाई शिक्षा दिन सहज बनाउनु थियो। अहिले विद्यालयमा रहेको फर्निचर, शौचालय र कक्षाहरू जिर्ण र वेवारिसे अवस्थामा छन्।

    पछिल्लो समय शिक्षकहरूको राजनीतिक झुकाव र गाउँघरमै निजी विद्यालयहरू खुल्न थालेपछि सामुदायिक विद्यालयहरू दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन्। पूर्व उपमेयर केशब कुमारी खरालका अनुसार, रंगेली–३ का स्थानीयहरूले चुनावमा आफूलाई समर्थन नगरेको कारण यस क्षेत्रलाई अपहेलना गरिएको आरोप समेत उनले लगाइन्।

    त्यसैगरी रंगेली–३ कै दक्षिण टोलमा रहेको अर्को सार्वजनिक आधारभूत विद्यालय पनि मर्जपछि बेवारिसे अवस्थामा छ। वडा अध्यक्ष भरत प्रसाईंका अनुसार, मर्ज भएका विद्यालयहरू संरक्षण गर्ने र ती स्थानहरूलाई उपयोग गर्ने पहल भइरहेको छ।

    स्थानीय तहमा बहुमतसहित जनप्रतिनिधिहरू भए पनि जबसम्म सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू हुँदैन, तबसम्म सामुदायिक विद्यालयहरू क्रमशः कमजोर हुँदै जाने खतरा देखिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र...

    तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात...

    सुमना श्रेष्ठलाई पार्टीमा फर्काउने सम्भावना, कार्यदल बनाउने प्रस्ताव

    काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि...

    काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १...

    कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

    काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ।...