News Portal

अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

रबिन्द्र बराल
३२७ पटक

मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। रंगेलीस्थित तिरुपति बालाजी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा अपाङ्ग संघ विराटनगरका फडिन्द्र राज बराल, रंगेली बहिरा संघका अध्यक्ष चेत बहादुर बराल, रंगेलीकी समाजसेवी गायत्री गौतम, स्थानीय अगुवा देव नारायण राजवंशी लगायत रंगेली भित्र छरिएर रहेका बहिरा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजका विभिन्न क्षेत्रहरूबाट अपहेलना हुने गरेको र स्थानीय तहबाट समेत कहिल्यै विभिन्न कार्यक्रममा सहभागी हुन बोलाइएन भन्ने गुनासो गरे। साथै, रंगेलीमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना भएकोले आफूहरू निकै खुशी भएको पनि बताए।

रंगेली नगरपालिका र लुथरन कल्याण समाजको सहयोग तथा प्रगतिशील अपाङ्ग संस्थानको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...