News Portal

सुनवर्षीमा सवारी दुर्घटना: नविनको मृत्यु

रबिन्द्र बराल
२४० पटक

मोरङ, जेठ २३ — सुनवर्षी नगरपालिका–९, मलढैया स्थित झपडतल–डाइनिया हुलाकी सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

झपडतलबाट डाइनिया तर्फ जाँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा बिग्रिएर रोकिएको को.१त. ११०५ नम्बरको ट्र्याक्टरको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भारतको अन्दाजी २० वर्षीय नविन कुमार पौदार गम्भीर घाइते भए। उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

सोही मोटरसाइकलको पछाडि सवार भारत, अररिया जिल्लाको आँपगाछी पंचायत–७, कोहारा निवासी अन्दाजी १९ वर्षीय पप्पु कुमार बहरदारको दुबै हातमा चोट लागेको र उनको उपचार रंगेली अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...