News Portal

विश्व वातावरण दिवस धूमधामका साथ मनाइयो

रबिन्द्र बराल
२५२ पटक

मोरङ, जेठ २३ – कानेपोखरी–३ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालय, हरकपुरले विशेष कार्यक्रम गरी विश्व वातावरण दिवस २०२५ जुन ५ मनाएको छ।

‘प्लास्टिक प्रदूषण न्यूनीकरण, हामी सबैको दायित्व’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा LCWS का PMED–Manager सुमन राईले वातावरण दिवसको सन्दर्भमा प्लास्टिक प्रदूषण न्यूनीकरण सबैको साझा जिम्मेवारी भएको बताए। उनले जलवायु परिवर्तन, हरितगृह प्रभाव र विश्व उष्णीयकरणको मुख्य कारणहरूको बारेमा जानकारी दिँदै प्लास्टिक प्रदूषणले कार्बन उत्सर्जन बढाउने भएकाले यसको अन्त्य अत्यन्त आवश्यक रहेको स्पष्ट पारे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघु टुडु, कानेपोखरी वडा नं. ३ का वडाध्यक्ष गोपाल बहादुर कार्की, विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद काफ्ले, वडासदस्य सरस्वती काफ्ले, LCWS का कर्मचारीहरू रोशन सोरेन, उमेश दनुवार, कमला राजवंशी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले पृथ्वी नै बस्न लायक एक मात्र ग्रह भएकाले वातावरण संरक्षणप्रति सम्पूर्ण मानव जाति सचेत बन्नु अत्यावश्यक रहेको धारणा राखे।

कार्यक्रमको क्रममा २०२५ को वातावरण दिवसको महत्व तथा यस वर्षको मूल विषयवस्तुमा अभिमुखीकरण, विद्यालय परिसरमा १५ वटा रुखको वृक्षारोपण, फोहोर संकलन तथा सरसफाइ कार्यक्रम, विद्यार्थी समूहबीचको क्विज प्रतियोगिता तथा पुरस्कार वितरणजस्ता विविध गतिविधिहरू सम्पन्न गरिएका थिए।

यस्तै, EAST–SD परियोजनाअन्तर्गत झापाको कमल गाउँपालिका–६ स्थित श्री पञ्चकन्या आधारभूत विद्यालय, गौरादह नगरपालिका–६ स्थित श्री भद्रकाली माध्यमिक विद्यालय, र रतुवामाई नगरपालिका–५, लेटी गोविन्दपुरस्थित श्री माध्यमिक विद्यालयमा समेत वातावरण दिवसका अवसरमा कार्यक्रमहरू सम्पन्न गरिएका थिए।

मोरङ र झापाका पाँच विद्यालयहरूमा सञ्चालन गरिएका यी कार्यक्रमहरूमा LWF Nepal, NELC, ALWS, Australian Aid र ELCA को सहयोग रहेको थियो। यस्ता कार्यक्रमहरूले वातावरण संरक्षणप्रति स्थानीय समुदाय र विद्यालयहरूको साझा प्रतिबद्धता दर्शाएको सहभागीहरूको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...