News Portal

शक्ति र सत्ताको खेल : संसद् खोल्ने निर्णयको पछाडि दबाबको राजनीति?

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद् खोल्न बाध्य भएको पछाडि दलका उपाध्यक्ष अग्नि सापकोटामाथि पर्ने सम्भावित कारबाहीको त्रास रहेको आरोप लगाएका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै माओवादी केन्द्रले संसद् सञ्चालन गर्न तयार भएको निर्णय पूर्वसभामुख तथा उपाध्यक्ष सापकोटालाई जोगाउन गरिएको दाबी गरेका हुन्।

उनले लेखेका छन्, “माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न तयार भएको देखिन्छ। गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीचको भेटघाट, गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा उन्मुक्ति दिन खोजिएको प्रयास, र सापकोटा तथा सांसद सूर्यमान दोङलाई कारबाही नगर्ने सहमति—यिनै घटनाहरूबाट स्पष्ट हुन्छ कि संसद् खोल्ने निर्णय दबाबको परिणाम हो।”

शाहीका अनुसार माओवादीले गृहमन्त्रीको राजीनामाको मागसमेत फिर्ता लिएर सत्ता र शक्तिको खेलमा आफैंलाई सुरक्षित गर्ने रणनीति बनाएको देखिन्छ।

“शक्ति र सत्ता कसरी चल्छ भन्ने यो ठोस उदाहरण हो,” उनले लेखेका छन्, “अब समय आएको छ, व्यवस्थामा संरचनात्मक सुधार नगरी यस्तो प्रवृत्ति रोकिँदैन।”

राजनीतिक वृत्तमा शाहीको अभिव्यक्तिलाई माओवादीमाथि गम्भीर आरोपको रूपमा हेरिएको छ। संसद् सञ्चालनका पछाडि सत्ता संरक्षणको समीकरण लुकेको संकेत गर्दै उनले सत्ता पक्षलाई नैतिकताको ख्याल गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...