News Portal

चार करोड बढी ठगी प्रकरणमा एक महिला पक्राउ

हिमालीसंचार संवाददाता
२०४ पटक

काठमाडौं, जेठ २२ – चार करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पिसी इन्फोटेककी सञ्चालक श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार बिहान राजधानीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि पर्सा जिल्ला पठाएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रौनियारविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

उक्त प्रकरण धनुषा जिल्लास्थित रमण/विकास एन्ड ब्रदर्स जेभीका प्रतिनिधि अरुणकुमार शाहको उजुरीपछि सार्वजनिक भएको हो। शाहले चैत २२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा रौनियारविरुद्ध लिखित जाहेरी दिएका थिए।

प्रहरीका अनुसार जाहेरीपछि चैत २६ गते जिल्ला अदालत पर्साबाट श्रुति रौनियारसहित दुई जनाविरुद्ध पक्राउ अनुमति जारी भएको थियो। त्यसलगत्तै सर्कुलरमार्फत खोजी सुरु गरिएकोमा उनी काठमाडौंबाट पक्राउ परेकी हुन्।

पर्साका डिएसपी किशोर लम्सालका अनुसार रौनियारमाथि चार करोड ३२ लाख रुपैयाँ ठगी गरेको आरोप छ। “उक्त रकम कसरी ठगी गरियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,” लम्सालले बताए।

प्रहरीले घटनाको गम्भीरता र संलग्न व्यक्तिहरूको पृष्ठभूमिलाई ध्यानमा राख्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...