News Portal

काठमाडौंमा निषेधाज्ञा विरुद्धको रिट सर्वोच्चले दर्ता नगर्ने, स्वागत नेपाल पुनः कानुनी लडाइँमा

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौं, जेठ २२ — राजधानीका केही संवेदनशील क्षेत्रहरूमा जारी गरिएको निषेधाज्ञाको विरुद्धमा दर्ता गराउन खोजिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजावादी आन्दोलनलाई लक्षित गर्दै उक्त निषेधाज्ञा जारी गरेपछि त्यसको चुनौतीस्वरूप रिट लिएर अदालत पुगेका थिए भद्रप्रसाद नेपाल, जो ‘स्वागत नेपाल’ का नामले चिनिन्छन्।

प्रशासनले जारी गरेको निषेधाज्ञाले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्य स्थानमा कुनै पनि सभा, प्रदर्शन वा विरोध कार्यक्रम गर्न नपाउने व्यवस्था गरेको थियो। यस्तो निर्णयप्रति असहमति जनाउँदै नेपालले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आन्दोलनको अधिकारमा गम्भीर हस्तक्षेप भएको भन्दै रिट दायर गर्न खोजेका थिए।

तर सर्वोच्च अदालतको प्रशासनले उक्त रिटलाई दर्ता गर्न नमानेपछि नेपाल पुनः अदालत जाने तयारीमा छन्। उनले निषेधाज्ञा मात्रै होइन, अदालतले रिट नदर्ता गर्ने निर्णयविरुद्ध पनि कानुनी लडाइँ लड्ने घोषणा गरेका छन्।

स्वागत नेपालले भने, “साँच्चिकै लोकतन्त्र हो भने सडकमा बोल्न नपाउने, विरोध गर्न नपाउने अवस्था अस्वीकार्य छ। यसले नागरिक स्वतन्त्रतामाथि कडा प्रहार गरेको छ। हामी पुनः सर्वोच्चमा जानेछौं र न्यायिक विकल्पको ढोका बन्द हुन दिँदैनौं।”

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...