News Portal

फेसबुकमा सुरु भएको विवाद कुटाकुटमा परिणत, १५ वर्षीय किशोरको निधन

हिमालीसंचार संवाददाता
२८३ पटक

दाङ, जेठ २२ – तुलसीपुरमा दुई किशोरबीच सामान्य भनाभनले गम्भीर रूप लिँदा एक किशोरको ज्यान गएको छ। सामाजिक सञ्जाल ‘फेसबुक’मा सुरु भएको गालीगलौजले वास्तविक भेटमा झगडाको रूप लिँदा १५ वर्षीय एक किशोरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुकुम पश्चिमको बाफीकोट गाउँपालिका घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८, दुधेनामा डेरा गरी बसेका बिराज गिरी र स्थानीय यज्ञ वलीबीच बेलुवा क्षेत्रमा हात हालाहाल भएको थियो।

गत जेठ १९ गते साँझ साढे ५ बजे विद्यालयबाट फर्किने क्रममा बेलुवामा भेट भएका दुई किशोरबीच फेसबुकमा भएको भनाभनकै कारण वादविवाद चर्किएर हात हालाहाल भएको हो। घटनास्थलमा गिरीले पहिले वलीमाथि प्रहार गरेको र त्यसपछि वलीले दुई मुक्का प्रहार गरेको बयान प्रहरी समक्ष दिएका छन्।

कुटाकुटपछि दुबै जना नजिकैको विद्यालयको क्यान्टिनमा गइ पानी पिएको र त्यसपछि बिराज गिरी अचानक लडेर अचेत भएका थिए।

गम्भीर घाइते गिरीलाई तत्काल राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होम लगिएको थियो। अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार थालेको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान पौने ३ बजे गिरीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

गिरी यसअघि रुकुममै परीक्षा दिएर दाङ फर्किएका थिए, तर विद्यालयमा भर्ना प्रक्रिया भने पूरा भइसकेको थिएन। उनी श्री माध्यमिक विद्यालय दोघरेका विद्यार्थी थिए। वली पनि सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अनुसार गिरीको टाउकोमा गहिरो भित्री चोट लागेको शंका गरिएको छ, जसका कारण उनी अचेत भएका हुन्।

फेसबुकमा सुरु भएको सामान्य गालीगलौजले यति गम्भीर मोड लिन पुग्ने भन्ने नसोचिएको अवस्थाको मार्मिक परिणतिले स्थानीयबासी स्तब्ध बनेका छन्।

घटनापछि यज्ञ वली प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...