News Portal

  • फेसबुकमा सुरु भएको विवाद कुटाकुटमा परिणत, १५ वर्षीय किशोरको निधन

    हिमालीसंचार संवाददाता
    १९९ पटक

    दाङ, जेठ २२ – तुलसीपुरमा दुई किशोरबीच सामान्य भनाभनले गम्भीर रूप लिँदा एक किशोरको ज्यान गएको छ। सामाजिक सञ्जाल ‘फेसबुक’मा सुरु भएको गालीगलौजले वास्तविक भेटमा झगडाको रूप लिँदा १५ वर्षीय एक किशोरको मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुकुम पश्चिमको बाफीकोट गाउँपालिका घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८, दुधेनामा डेरा गरी बसेका बिराज गिरी र स्थानीय यज्ञ वलीबीच बेलुवा क्षेत्रमा हात हालाहाल भएको थियो।

    गत जेठ १९ गते साँझ साढे ५ बजे विद्यालयबाट फर्किने क्रममा बेलुवामा भेट भएका दुई किशोरबीच फेसबुकमा भएको भनाभनकै कारण वादविवाद चर्किएर हात हालाहाल भएको हो। घटनास्थलमा गिरीले पहिले वलीमाथि प्रहार गरेको र त्यसपछि वलीले दुई मुक्का प्रहार गरेको बयान प्रहरी समक्ष दिएका छन्।

    कुटाकुटपछि दुबै जना नजिकैको विद्यालयको क्यान्टिनमा गइ पानी पिएको र त्यसपछि बिराज गिरी अचानक लडेर अचेत भएका थिए।

    गम्भीर घाइते गिरीलाई तत्काल राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होम लगिएको थियो। अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार थालेको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान पौने ३ बजे गिरीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

    गिरी यसअघि रुकुममै परीक्षा दिएर दाङ फर्किएका थिए, तर विद्यालयमा भर्ना प्रक्रिया भने पूरा भइसकेको थिएन। उनी श्री माध्यमिक विद्यालय दोघरेका विद्यार्थी थिए। वली पनि सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छन्।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा अनुसार गिरीको टाउकोमा गहिरो भित्री चोट लागेको शंका गरिएको छ, जसका कारण उनी अचेत भएका हुन्।

    फेसबुकमा सुरु भएको सामान्य गालीगलौजले यति गम्भीर मोड लिन पुग्ने भन्ने नसोचिएको अवस्थाको मार्मिक परिणतिले स्थानीयबासी स्तब्ध बनेका छन्।

    घटनापछि यज्ञ वली प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...