News Portal

राजसंस्था समर्थकहरूको भेलामा मनमुटाव, दोस्रो चरणको आन्दोलनबारे निर्णय नहुँदै कार्यक्रम विसर्जन

हिमालीसंचार संवाददाता
१८० पटक

काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको विशेष बैठकमा चर्काचर्की देखिएको छ। दोस्रो चरणको आन्दोलनको खाका सार्वजनिक गर्ने उद्देश्यले बोलाइएको उक्त बैठक कार्यकर्ताहरूको असन्तोषबीच निष्कर्षविहीन बनेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको अनुपस्थितिप्रति आक्रोशित भएका कार्यकर्ताहरूले कार्यक्रम सुरु हुनासाथ तीव्र असन्तुष्टि प्रकट गरे। आयोजकले लिङ्देन संसद्को काममा व्यस्त रहेको जानकारी गराएपछि बैठकस्थलमा नाराबाजी सुरु भयो। उपस्थित कार्यकर्ताहरूले “संसद् जाने हो भने आन्दोलन किन?” भन्ने प्रश्न उठाउँदै बैठकमा अवरोध सिर्जना गरे।

भेलाको वातावरण तनावग्रस्त बनेपछि राप्रपाका नेता कमल थापाले आक्रोशपूर्ण स्वरमा प्रतिक्रिया जनाए। उनले भने, “तपाईंहरू हल्ला गर्ने हो भने म चुप लाग्छु, जेसुकै गर्नुस्। यस्तो तरिकाले बैठक चल्दैन।”

त्यसपछि बैठक संयोजक नवराज सुवेदीले सबैलाई संयमित हुन आग्रह गर्दै समापन भाषण दिए। उनले भने, “तपाईंहरूको उत्साह, जाँगर र विचारप्रतिको निष्ठा देखेर म बुढो भए पनि भित्रबाट झन ऊर्जा प्राप्त भएको छु।” सुवेदीले निकट भविष्यमा थप कार्यक्रमहरूको तयारी भइरहेको जानकारी दिँदै आजको बैठक औपचारिक रूपमा समापन गरिएको घोषणा गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...