News Portal

ललितपुरको ठैब क्षेत्रमा बिजुलीको पोल ढल्दा एकजनाको मृत्यु

हिमालीसंचार संवाददाता
१८५ पटक

ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ। स्थानीयवासी ५८ वर्षीय रमेश खड्गीको बिजुलीको पोल ढलेर मृत्यु भएको हो।

ठैबबाट सानागाउँतर्फको सडक फराकिलो बनाउने क्रममा प्रयोग गरिएको जेसीबीले बिजुलीको पोललाई छोएपछि पोल ढल्दा खड्गी गम्भीर घाइते भएका थिए। तत्कालै उद्दार गरिए पनि उनको घटनास्थलमै ज्यान गएको पुष्टि भएको छ।

दुर्घटनापछि ठैब क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सातदोबाटो–गोदावरी सडकखण्ड केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार दुर्घटनामा संलग्न जेसीबी चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

मृतक रमेश खड्गी ठैबकै स्थायी बासिन्दा हुन्। स्थानीयले घटनाको जिम्मेवारी लिन सम्बन्धित निकायलाई माग गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...