News Portal

गृहमन्त्रीले जिम्मेवारीबाट एक पाखुरा पछि हट्नुपर्छ : सांसद चन्दा कार्की

हिमालीसंचार संवाददाता
२२१ पटक

काठमाडौं, जेठ २१ – पछिल्लो समय सार्वजनिक भएको मानव तस्करी प्रकरणको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गर्दै गम्भीर टिप्पणी गरेकी छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद कार्कीले गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै उनी स्वयंले मार्ग प्रशस्त गर्ने बाटो रोज्नुपर्ने धारणा राखिन्। कार्कीले भनिन्, “गृहमन्त्रीज्यूले प्रारम्भमै यो विषय देखिनासाथ राजीनामा दिएका भए, उहाँको राजनीतिक उचाइ अझ बढ्थ्यो। अहिले जस्तो अवस्थामा पनि १५ दिनको राजीनामा दिएर निष्पक्ष छानबिनको ढोका खोल्न सकिन्छ। पछि निर्दोष सावित भए पुनः फर्किन सक्नुहुन्छ।”

उनले स्पष्ट पारिन् कि रास्वपाले गृहमन्त्रीलाई दोषी ठहर गरेको होइन। “हामीले मन्त्री दोषी छन् भनेर भनेका छैनौं। तर यो नैतिकताको कुरा हो,” सांसद कार्कीले भनिन्, “हामीले शुद्ध र सुसंस्कृत राजनीतिक अभ्यास गर्ने नेताबाट फरक किसिमको जिम्मेवार व्यवहारको अपेक्षा गरेका हौं।”

उनको भनाइमा, कुनै पनि जनप्रतिनिधिले कानुनी रूपमा दोषी सावित नभए पनि जब नाम कुनै गम्भीर विषयसँग जोडिन्छ, त्यस्तो अवस्थामा नैतिक मूल्य र आचरणअनुसार निर्णय लिनु राजनीतिक मर्यादाको प्रतीक हो।

समितिको बैठकमा अन्य सदस्यहरूले पनि मानव तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनु पर्नेमा जोड दिएका थिए। तर सांसद कार्कीको वक्तव्यले गृहमन्त्रीको भूमिकालाई लिएर सार्वजनिक चासोलाई थप उचाइमा पुर्‍याएको देखिएको छ।

 

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...