News Portal

गृहमन्त्रीले जिम्मेवारीबाट एक पाखुरा पछि हट्नुपर्छ : सांसद चन्दा कार्की

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौं, जेठ २१ – पछिल्लो समय सार्वजनिक भएको मानव तस्करी प्रकरणको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गर्दै गम्भीर टिप्पणी गरेकी छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद कार्कीले गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै उनी स्वयंले मार्ग प्रशस्त गर्ने बाटो रोज्नुपर्ने धारणा राखिन्। कार्कीले भनिन्, “गृहमन्त्रीज्यूले प्रारम्भमै यो विषय देखिनासाथ राजीनामा दिएका भए, उहाँको राजनीतिक उचाइ अझ बढ्थ्यो। अहिले जस्तो अवस्थामा पनि १५ दिनको राजीनामा दिएर निष्पक्ष छानबिनको ढोका खोल्न सकिन्छ। पछि निर्दोष सावित भए पुनः फर्किन सक्नुहुन्छ।”

उनले स्पष्ट पारिन् कि रास्वपाले गृहमन्त्रीलाई दोषी ठहर गरेको होइन। “हामीले मन्त्री दोषी छन् भनेर भनेका छैनौं। तर यो नैतिकताको कुरा हो,” सांसद कार्कीले भनिन्, “हामीले शुद्ध र सुसंस्कृत राजनीतिक अभ्यास गर्ने नेताबाट फरक किसिमको जिम्मेवार व्यवहारको अपेक्षा गरेका हौं।”

उनको भनाइमा, कुनै पनि जनप्रतिनिधिले कानुनी रूपमा दोषी सावित नभए पनि जब नाम कुनै गम्भीर विषयसँग जोडिन्छ, त्यस्तो अवस्थामा नैतिक मूल्य र आचरणअनुसार निर्णय लिनु राजनीतिक मर्यादाको प्रतीक हो।

समितिको बैठकमा अन्य सदस्यहरूले पनि मानव तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनु पर्नेमा जोड दिएका थिए। तर सांसद कार्कीको वक्तव्यले गृहमन्त्रीको भूमिकालाई लिएर सार्वजनिक चासोलाई थप उचाइमा पुर्‍याएको देखिएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...