News Portal

दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, थुनछेक बहस सुरु — अब थुना या धरौटीको टुंगो लाग्ने चरणमा

हिमालीसंचार संवाददाता
२१७ पटक

काठमाडौं, जेठ २१ – तीनकुने घटनासँग जोडिएर पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान प्रक्रिया पूरा भइसकेको छ। बयान सकिएपछि अब उनीहरूलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतमा बहस सुरु भएको छ।

बुधबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो। उक्त घटनामा संलग्न रहेको अभियोगमा ५० जनाविरुद्ध मुद्दा चलाइएको छ, जसमा हाल ३९ जना थुनामा रहेका छन्। बाँकी ११ जनालाई विभिन्न चरणमा धरौटीमा रिहा गरिएको छ।

सरकारविरुद्धको आपराधिक योजनामा संलग्न भएको आरोपमा थुनामा रहेका प्रतिवादीहरूलाई अब अदालतले थुनामै राख्ने कि पुर्पक्षका लागि धरौटीमा छाड्ने भन्ने निर्णय गर्नेछ। कानुनी प्रकृया अन्तिम चरणमा पुगेको संकेतस्वरूप थुनछेक बहसलाई निकै संवेदनशील रूपमा हेरिएको छ।

यता, चर्चित भाटभटेनी लुटपाट प्रकरणमा संलग्न ठहर गरिएका ११ जना प्रतिवादीलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ। उनीहरूको थुनछेक बहस जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासमा सम्पन्न भएको थियो। सरकारी पक्षले उनीहरूविरुद्ध आपराधिक उपद्रवको अभियोग प्रस्तुत गरेको थियो।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...