News Portal

रंगेलीका मेयरले गरे जग्गा दान

रबिन्द्र बराल
२२२ पटक

मोरङ, जेठ २० – रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले फोहोर र लेदो व्यवस्थापनका लागि आफ्नो निजी स्वामित्वको १ बिघा १५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेका छन्।

दोस्रो कार्यकालका लागि पुनः निर्वाचित मेयर बगडियाले १ बिघा जग्गा फोहोर व्यवस्थापनका लागि र १५ कठ्ठा जग्गा लेदो व्यवस्थापनका लागि प्रदान गरेका हुन्। बजार मूल्यअनुसार उक्त जग्गाको अनुमानित मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ।

रंगेली नगरपालिका–६ मा पर्ने उक्त १ बिघा जग्गामा नगरपालिकाले कोशी प्रदेश सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गर्नेछ। स्वीट्जरल्याण्ड सरकारको सहयोगमा प्राप्त रकमबाट कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त डम्पिङ साइटको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ।

त्यसैगरी, बाँकी १५ कठ्ठा जग्गामा संघीय सरकारको सहयोगमा लेदो व्यवस्थापन प्लान्ट निर्माण गरिनेछ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...