News Portal

क्रसर उद्योगको धुवाँले गाउँमा समस्या

रबिन्द्र बराल
१५३ पटक

मोरङ, जेठ २० – रंगेली नगरपालिका–९ स्थित खादिटोल नजिकैको बिच गाउँमा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण त्यहाँ बसोबास गर्ने बालबालिका, वृद्धवृद्धा लगायत स्थानीय बासिन्दाहरूले विगत एक महिनादेखि सास फेर्न कठिनाइ भोग्नु परेको छ।

उद्योगले सडक कालोपत्रे गर्न मट्टीतेल, डिजेल तथा अलकत्राको मिश्रण गरी तयारी गर्ने गर्दछ। त्यही स्थानबाट रंगेली तथा अन्य क्षेत्रहरूका लागि सामग्री ढुवानी गरिने स्थानीयले जानकारी दिएका छन्।

उद्योगबाट निस्कने बाक्लो धुवाँका कारण दर्वेशा चोक, खादिटोल, र बनकोलका बासिन्दाहरू दिनहुँ धुवाँको प्रदूषण सहन बाध्य छन्।

उद्योगका इन्जिनियरका अनुसार मेसिनमा प्राविधिक समस्या आउँदा अत्यधिक धुवाँ निस्किएको हो। तर, यस विषयमा नगरपालिका तथा वडा जनप्रतिनिधिहरूले समयमा नै ठेकेदारलाई सचेत गराउन आवश्यक देखिएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...