News Portal

सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरूसँग आकस्मिक छलफल : संसद अवरोध अन्त्यको प्रयास

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं, जेठ १६  — प्रतिनिधिसभामा लामो समयदेखि चलिरहेको अवरोध अन्त्य गर्न पहलस्वरूप सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरूलाई आकस्मिक छलफलमा बोलाएका छन्।

गृह मन्त्रालयसँग जोडिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे प्रश्न उठ्दै आएको सन्दर्भमा, विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। यो गतिरोधलाई अन्त्य गर्न सभामुखले आज बिहान ११ बजे सबै प्रमुख सचेतक तथा मुख्य सचेतकहरूलाई संवादका लागि बोलाएका हुन्। सभामुखको सचिवालयले दिएको जानकारी अनुसार, यही छलफलबाट बजेट सत्रका कार्यक्रम र समय तालिका तय गर्ने कोशिस समेत गरिनेछ।

सभामुख घिमिरेले कार्यसूचीलाई अगाडि बढाउन र संसद पुनः संचालनमा ल्याउन खोजेका यो पहल महत्वपूर्ण मानिएको छ। छलफलपछि दिउँसो १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत तय गरिएको छ, जसमा संसदको आगामी कार्यसूचीबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी शक्तिहरू गृहमन्त्रीको राजीनामाबिना संसद चल्न नदिने अडानमा छन्। सरकार भने बजेट प्रस्तुतिको तयारीमा जुटिरहेको बेला राजनीतिक सहमतिको खाँचो झनै बढेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...