News Portal

गृहमन्त्रीको राजीनामा माग यथावत्, बजेट अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय

हिमालीसंचार संवाददाता
२०३ पटक

काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता जनाउँदै बैठकले गृहमन्त्रीको नैतिक जिम्मेवारीबारे प्रश्न उठाएको छ। यससँगै संसदमा आउन लागेको बजेटप्रति भने विपक्षीहरू लचक भएका छन्।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायतका प्रमुख विपक्षी दलका नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयको भूमिकालाई अविश्वसनीय बताउँदै मन्त्री लेखकको तत्काल राजीनामाको मागलाई दोहोर्‍याएका छन्।

सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको पक्षमा उभिएका छन्। गृहमन्त्री लेखकले आजै संसदमा आफ्नो पक्ष स्पष्ट पार्ने तयारी गरेका छन्। यसअघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्रीबीच भएको त्रिपक्षीय छलफलमा राजीनामा नदिई सदनमै जवाफ दिने सहमति जुटेको थियो।

प्रधानमन्त्री ओलीले बिहानै प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर सदनमा गृहमन्त्रीको सम्बोधन सुनिश्चित गरिदिन आग्रह गरे पनि प्रचण्डले गृहमन्त्रीको राजीनामामै अडिग रहेको बताएका छन्।

माओवादी सांसद माधव सापकोटाका अनुसार, बैठकले गृहमन्त्रीप्रति असन्तुष्टि कायमै राख्ने निर्णय गरे पनि बजेट सत्रलाई अबरुद्ध नगर्ने निष्कर्ष निकालिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...