News Portal

राप्ती लोकमार्ग पहिरोले पूर्ण अवरुद्ध

हिमालीसंचार संवाददाता
१८३ पटक

दाङ, जेठ १४ – साल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा आज बिहान अचानक खसेको पहिरोले राप्ती लोकमार्गको दाङ–साल्यान खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनापछि यात्रुहरू बीच हतास र निराशा देखिएको छ भने सवारीसाधनहरू लामो समयदेखि बीच बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) केशर न्यौपानेका अनुसार बिहानको समयमा सडक माथिबाट एक्कासि पहिरो खस्दा यातायात ठप्प भएको हो। “पहिरो ठूलो परेकाले तत्कालै खुलाउने प्रयास गर्दा पनि सम्भव नभएको र अहिले एक्स्काभेटर प्रयोग गरेर माटो हटाउने काम भइरहेको छ,” उनले हिमाली सञ्चारसँगको कुराकानीमा बताए।

सडक अबरुद्ध भएसँगै यात्रुहरू र चालकहरू समस्यामा परेका छन्। लामो दूरी पार गर्दै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन् भने स्थानीयहरू पनि आवतजावतमा असहज भएका छन्। यता, प्रहरीले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। कपुरकोट–लामिडाँडा र कपुरकोट–पाखापानी–सातबास मार्गलाई वैकल्पिकरूपमा प्रयोग गर्न सकिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...