News Portal

बाजुरामा टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

हिमालीसंचार संवाददाता
२८३ पटक

बजुरा, जेठ १३ – बाजुराको दुर्गम क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–३ मा मंगलबार बिहान भीषण सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा नेपाल टेलिकमको नाममा दर्ता गरिएको बा ५च २२०९ नम्बरको जिप संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेपाल टेलिकमको सेवा विस्तार तथा नियमित कार्यको सिलसिलामा गइरहेको जिप सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै प्रहरीको टोली घटनास्थलमा खटिएको थियो।

ज्यान गुमाउने तीन जनामध्ये अहिलेसम्म कोहीको पनि औपचारिक पहिचान खुल्न सकेको छैन। घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी इकपाल हवारीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। दुर्घटनास्थल दुर्गम भेगमा पर्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...