News Portal

  • गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै प्रतिपक्ष कडा रूपमा उत्रिएपछि संसद् तनावग्रस्त

    हिमालीसंचार संवाददाता
    १५५ पटक

    काठमाडौं, जेठ १३ – भिजिट भिसा प्रकरणको छायाँमा संसद् पुनः एकपटक गर्माएको छ। अध्यागमन विभागका केही कर्मचारीहरूको संलग्नतामा भिजिट भिसाको नाममा ठूलो मात्रामा आर्थिक लेनदेन र मानव तस्करीको आशंका अघि आएपछि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठेको हो। प्रमुख प्रतिपक्ष दलहरूले आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीमाथि तीव्र रूपमा प्रश्न उठाउँदै, नैतिक जिम्मेवारीका आधारमा पदत्यागको माग अघि सारेका छन्।

    प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय गरिए पनि समयमै सुरु हुन सकेन। यसबीचमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले आन्तरिक बैठक गरी साझा रणनीति बनाएका छन्। उनीहरूको स्पष्ट अडान छ—गृहमन्त्री लेखकले अब पदमा रहनु नैतिक रूपले अयोग्य हो, त्यसैले तत्काल राजीनामा दिनुपर्छ।

    सूचनाका अनुसार प्रतिपक्षी सांसदहरू आजको बैठकमा सरकार र गृहमन्त्रीलाई बोल्न नदिने रणनीति सहित प्रस्तुत हुने तयारीमा छन्। संसद्मै दबाब सिर्जना गरी गृहमन्त्री लेखकको तत्काल राजीनामा गराउन विपक्षी दलहरू दृढ देखिन्छन्।

    यसैबीच गृहमन्त्री लेखकले भने बैठकमा बोल्ने समय आफैंले माग गरिसकेको बताएका छन्। तर उनको पार्टी नेपाली कांग्रेसले भने यस प्रकरणमा कर्मचारीहरू दोषी देखिएको निष्कर्ष निकाल्दै गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको जनाउँदै आएको छ।

    यता माओवादी केन्द्र र रास्वपाले भने यसअघि नै स्पष्ट रूपमा गृहमन्त्रीको राजीनामा माग गरिसकेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...