News Portal

  • सुर्यविनायकमा भेटिइन् रोशनी शाही मृत अवस्थामा, दुई पृष्ठे पत्रमा पोखिइन् पीडाहरू

    हिमालीसंचार संवाददाता
    २६९ पटक

    भक्तपुर, जेठ १२ – भक्तपुरको सुर्यविनायक नगरपालिका–३ मा ५० वर्षीया रोशनी शाही आफ्नै डेराभित्र मृत अवस्थामा फेला परेकी छन्। घटनास्थलमा प्रहरीले एक दुई पृष्ठ लामो हस्तलिखित नोट बरामद गरेको छ, जसमा उनले जीवनप्रतिको गहिरो निराशा र छोराप्रतिको आत्मग्लानिले भरिएको सन्देश लेखेकी छन्।

    जेठ ११ गते दिउँसो बालकोटस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा रहेको फ्ल्याटभित्र उनी घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। लामो समयसम्म ढोका नखुलेपछि घरधनीले शंका व्यक्त गर्दै उनका श्रीमान चित्रजंग शाहीलाई फोनमार्फत जानकारी गराएका थिए। हाल विराटनगरमा रहेका श्रीमानले प्रहरीलाई खबर गर्न आग्रह गरेपछि सुरक्षाकर्मी जनप्रतिनिधिको रोहबरमा घटनास्थल प्रवेश गरेका थिए।

    प्रहरीका अनुसार, शाहीको शवसंगै भेटिएको दुई पृष्ठे पत्रमा लेखिएको थियो, “छोरा, तिमीलाई केही गर्न सकिनँ। जीवनदेखि हार खाएँ। तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु भन्ने सोच धेरै पटक आयो।” उनले बाँकेको कोहलपुरमा रहेको १७ कट्ठा जग्गाको उल्लेखसमेत गरेकी छन्। उनका छोरा अमेरिका र छोरी समेत विदेशमा रहेका छन्।

    घटनास्थलबाट केही औषधिहरू पनि बरामद भएका छन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार शाहीले ओभरडोजको औषधि सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, वास्तविक कारण पुष्टि गर्न उनकाे शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा भिसेरा परीक्षणका लागि पठाइएको छ।

    डीएसपी ढुण्डिराज नेउपानेका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। मानसिक तनाव, पारिवारिक दूरी र सामाजिक एकान्तबोध जस्ता गम्भीर पक्षहरूले यो घटनामा भूमिका खेलेको अनुमान गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...