News Portal

तीनकुने प्रदर्शन प्रकरण : ६५ जनामाथि मुद्दा दायर, दुर्गा प्रसाईं, रवीन्द्र मिश्रलगायत ११ जना अझै फरार

हिमालीसंचार संवाददाता
३१३ पटक

काठमाडौं, जेठ ११ – चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले राजनीतिक तथा सामाजिक वृत्तमा ठूलै तरंग ल्याएको थियो। सोही घटनासँग सम्बन्धित रहँदै अब काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले ६५ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा औपचारिक रूपमा अभियोगपत्र दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले हिमाली सञ्चारसँगको कुराकानीमा बताएअनुसार घटनामा संलग्न ठहर भएका ६५ जनामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। तीमध्ये ११ जना भने हालसम्म पनि फरार रहेको पुष्टि भएको छ।

फरारहरूको सूचीमा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराको नाम पनि समावेश छ। उनीहरूलाई समेत प्रतिवादीका रूपमा अभियोगपत्रमा उल्लेख गरिएको छ।

तीनकुनेमा भएको उक्त प्रदर्शनले सार्वजनिक शान्ति, सुरक्षामा चुनौती सिर्जना गरेको, सरकारी सम्पत्तिमा क्षति पुर्‍याइएको र सामाजिक तनाव उत्पन्न गराएको आरोप अभियुक्तहरूमाथि लगाइएको छ। सरकारी पक्षले घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउने स्पष्ट संकेत दिएको छ।

वकिल कार्यालयद्वारा तयार पारिएको अभियोगपत्र अहिले काठमाडौँ जिल्ला अदालतमा दर्ता प्रक्रियामा रहेको जनाइएको छ। फरार भनिएका व्यक्तिहरूको खोजीका लागि सुरक्षा निकायहरू परिचालित भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...