News Portal

काठमाडौँमा एमालेको शक्ति प्रदर्शन गर्न ओलीको निर्देशन

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई आगामी जेठ १५ गते काठमाडौँमा एमालेको प्रभावशाली उपस्थिति सुनिश्चित गर्न आह्वान गरेका छन्। उनले काठमाडौँलाई पूर्ण रूपमा एमालेको पकडमा ल्याउने रणनीतिक योजना अघि सारेका छन्।

आइतबार राजधानीमा आयोजित बागमती प्रदेशका एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय राजावादी विचारधारा फेरि चुलिँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले प्रतिगामी प्रवृत्तिको मुखुण्डो खोल्नका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

“१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँ एमालेकै नियन्त्रणमा रहनुपर्छ,” ओलीले भने, “कसले अगुवाइ गर्छ भन्नेबारे नसोची, एउटै लहरमा अघि बढ्न तयार हुनुहोस्।”

उनले हाल कुनै पनि परिस्थिति राजतन्त्र पुनर्स्थापना हुने पक्षमा नरहेको दाबी गर्दै भने, “केही तत्वहरू जनमानसमा भ्रम फैलाएर लाज नमानी रैती प्रणालीको वकालत गर्दै छन्, यस्तो सोचलाई खारेज गर्न एमाले जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ।”

ओलीले १५ गतेको प्रदर्शनलाई विशेष तयारीका साथ अघि बढाउन निर्देशन दिँदै केही समूहहरूले सत्ताको मौनता र जनताको सहनशीलतालाई कमजोरी ठानी उच्छृंखल गतिविधि देखाउन थालेको टिप्पणी गरे। “एमाले सडकमा ओर्लिएपछि ती तत्वहरू कता हराउँछन् भन्ने जनताले आफैँ देख्नेछन्,” उनले कटाक्ष गरे।

अध्यक्ष ओलीले राजावादीहरू कुनै उच्च आदर्शका लागि नभई आफ्नो स्वार्थ पूरा गर्न उद्यत भएको दाबी गरे। उनले कार्यकर्तालाई जनसम्पर्क बढाउँदै जनता माझ साँचो तथ्य प्रवाह गर्न र उत्पन्न भ्रम चिर्न आग्रह गरे।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...