News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • महानगरका प्रवक्तालाई मेयर बालेनको प्रश्न : भित्री असहमतिको सतहमा स्पष्टीकरणको छाया

    हिमालीसंचार संवाददाता
    ४६ पटक

    काठमाडौं, जेठ ११ – काठमाडौँ महानगरपालिकामा आन्तरिक मतभेदको संकेत फेरि तीव्र बन्दै गएको छ। यसपटक सो असहमतिको केन्द्रमा छन् वडा नम्बर १७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, जसलाई मेयर बालेन्द्र शाह (बालेन) ले लिखित स्पष्टीकरण माग गरेका छन्।

    आइतबार पठाइएको पत्रमार्फत स्पष्टीकरण मागिएको जनाउँदै प्रवक्ता मानन्धरले भने, “माथिल्लो तहमा मैले उठाउँदै आएको विषयवस्तुप्रति मेयर साहको असहमति प्रकट भएको देखिन्छ। यद्यपि, औपचारिक पत्र मैले अझै पढ्न पाएको छैन।”

    पछिल्लो समय कार्यपालिका बैठक पाँच महिनादेखि नबोलाएको भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले चैत १० गते मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि सार्वजनिक रूपमा बालेनको एकल निर्णय प्रक्रियाप्रति आवाज उठ्दै आएको छ, जसमा प्रवक्ता मानन्धर अग्रपंक्तिमा देखिँदै आएका छन्।

    यसअघि महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको प्रवेश प्रकरणमा पनि मानन्धरको भूमिका निर्णायक देखिएको थियो। उक्त घटनाले पनि कार्यपालिका र मेयरबीचको समन्वय अभावको संकेत दिएको थियो।

    काठमाडौँ महानगरको आन्तरिक सत्ता संरचनामा मौन असहमति अब खुलेको स्वरूप लिँदैछ। प्रवक्तासँग मागिएको स्पष्टीकरण केवल औपचारिक पत्राचार मात्र नभई, मेयर र वडाध्यक्षबीचको मतभेदको संस्थागत अभिव्यक्ति पनि हो भन्ने संकेतहरु देखिन थालेका छन्।

    यसले अबको दिनमा महानगरभित्र निर्णय प्रक्रिया, समन्वयको शैली र नेतृत्वको कार्यशैलीमाथि थप बहस र समीक्षा गरिने संकेत दिएको छ।

     

    प्रतिकृया दिनुहोस्

    रोशनी शाहीको मृत्यु : न्याय खोज्दाको अन्तिम यात्रा यहीं टुंगियो

    काठमाडौं, जेठ ११ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित एक डेराबाट आइतबार दिउँसो एक महिला मृत...

    ओलीको खुलासा : ‘३२ अर्बको हल्ला प्रचण्डको डिजाइन, माधव–झलनाथको समर्थन’

    काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित...

    तीनकुने प्रदर्शन प्रकरण : ६५ जनामाथि मुद्दा दायर, दुर्गा प्रसाईं, रवीन्द्र मिश्रलगायत ११ जना अझै फरार

    काठमाडौं, जेठ ११ – चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले राजनीतिक तथा सामाजिक...

    काठमाडौँमा एमालेको शक्ति प्रदर्शन गर्न ओलीको निर्देशन

    काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई...

    रवि लामिछानेको थुनासम्बन्धी आदेशमा सर्वोच्चको संशोधन : सामान्य त्रुटि सच्याउन विशेष पेसी

    काठमाडौं, जेठ ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको...