News Portal

  • बागमती नगरपालिकाका मेयर र उपमेयरमाथि बहुप्रस्तर भ्रष्टाचार मुद्दा, विशेष अदालतमा आज सुनुवाइ

    हिमालीसंचार संवाददाता
    १५३ पटक

    काठमाडौं, जेठ ११ – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लिलाकुमारी मोक्तानमाथि विभिन्न आर्थिक अनियमितता र भ्रष्टाचारका आरोपमा चलिरहेको दुई ठूला मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ।

    विगत केही वर्षयता बागमती नगरपालिकाको प्रशासनिक कार्यशैली र आर्थिक लेनदेनमा गम्भीर प्रश्न उठ्दै आएको बेला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध कानुनी कारवाही अघि बढाएको हो।

    विशेष अदालतका न्यायाधीश त्रय रामबहादुर थापा, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा आजका लागि सुनुवाइ तोकिएको छ।

    २०७८ चैत २८ गते आयोगले मेयर थापा, उपमेयर मोक्तानसहित चार जनाविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ५ करोड ३३ लाख रुपैयाँ बराबरको मुद्दा दायर गरेको थियो। त्यसपछि २०७९ जेठ २९ गते, बागमती नगरपालिकाले सञ्चालन गरेको भरत तालको योजना निर्माणमा भएको भनिएको ३० करोड २९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार आरोपमा अर्को मुद्दा थपिएको थियो।

    यी मुद्दाहरूमा अदालतले यसअघि आवश्यक कागजात र प्रमाण थप पेश गर्न आदेश दिएको थियो।

    यसैबीच, मेयर थापा र उपमेयर मोक्तानमाथि जिल्ला अदालतमा थप ४९ करोड ४९ लाख रुपैयाँ बराबरको वनसम्बन्धी मुद्दा पनि चलिरहेको छ। त्यससँगै विशेष अदालतमा दायर अर्को भ्रष्टाचार मुद्दामा ५६ करोड ७१ लाख रुपैयाँ अनियमितताको आरोप उनीहरूमाथि लागिएको छ।

    संघीयता कार्यान्वयनको नेतृत्व गरिरहेका स्थानीय सरकारका प्रमुखहरू नै यति ठूलो आर्थिक अनियमिततामा मुछिँदा शासनप्रणालीप्रतिको जनआस्था थप खल्बलिने संकेत देखिएको छ। अब अदालतको निर्णयले मात्र यी आरोपहरूलाई पुष्टि वा खण्डन गर्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...