News Portal

बागमती नगरपालिकाका मेयर र उपमेयरमाथि बहुप्रस्तर भ्रष्टाचार मुद्दा, विशेष अदालतमा आज सुनुवाइ

हिमालीसंचार संवाददाता
३०३ पटक

काठमाडौं, जेठ ११ – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लिलाकुमारी मोक्तानमाथि विभिन्न आर्थिक अनियमितता र भ्रष्टाचारका आरोपमा चलिरहेको दुई ठूला मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ।

विगत केही वर्षयता बागमती नगरपालिकाको प्रशासनिक कार्यशैली र आर्थिक लेनदेनमा गम्भीर प्रश्न उठ्दै आएको बेला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध कानुनी कारवाही अघि बढाएको हो।

विशेष अदालतका न्यायाधीश त्रय रामबहादुर थापा, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा आजका लागि सुनुवाइ तोकिएको छ।

२०७८ चैत २८ गते आयोगले मेयर थापा, उपमेयर मोक्तानसहित चार जनाविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ५ करोड ३३ लाख रुपैयाँ बराबरको मुद्दा दायर गरेको थियो। त्यसपछि २०७९ जेठ २९ गते, बागमती नगरपालिकाले सञ्चालन गरेको भरत तालको योजना निर्माणमा भएको भनिएको ३० करोड २९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार आरोपमा अर्को मुद्दा थपिएको थियो।

यी मुद्दाहरूमा अदालतले यसअघि आवश्यक कागजात र प्रमाण थप पेश गर्न आदेश दिएको थियो।

यसैबीच, मेयर थापा र उपमेयर मोक्तानमाथि जिल्ला अदालतमा थप ४९ करोड ४९ लाख रुपैयाँ बराबरको वनसम्बन्धी मुद्दा पनि चलिरहेको छ। त्यससँगै विशेष अदालतमा दायर अर्को भ्रष्टाचार मुद्दामा ५६ करोड ७१ लाख रुपैयाँ अनियमितताको आरोप उनीहरूमाथि लागिएको छ।

संघीयता कार्यान्वयनको नेतृत्व गरिरहेका स्थानीय सरकारका प्रमुखहरू नै यति ठूलो आर्थिक अनियमिततामा मुछिँदा शासनप्रणालीप्रतिको जनआस्था थप खल्बलिने संकेत देखिएको छ। अब अदालतको निर्णयले मात्र यी आरोपहरूलाई पुष्टि वा खण्डन गर्नेछ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...