News Portal

मादी नदीमा जिप खस्दा ३ जनाको ज्यान गयो, २ घाइते

हिमालीसंचार संवाददाता
२९५ पटक

तनहुँ, जेठ ११ – तनहुँको व्यास नगरपालिकास्थित मादी नदीमा आइतबार बिहान एक यात्रुवाहक जिप खस्दा ३ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तरगत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास–३ र व्यास–४ जोड्ने मादी नदीको पुलबाट खसेर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार जिप अनियन्त्रित भई पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो। दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी प्रविन थापामगर, कुमार थापा र कुशल थापाको ज्यान गएको पुष्टि भएको छ। ती सबैको दमौली अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

जिपमा सवार अन्य दुई जना भने घाइते अवस्थामा फेला परेका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनापछि उद्धार कार्यमा स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकल टोली खटिएको थियो।

जिप कसरी अनियन्त्रित भयो भन्ने विषयमा हाल अनुसन्धान जारी रहेको र घटनास्थलको विस्तृत अध्ययन भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...