News Portal

रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गरिनुपर्ने भन्दै उनकी पत्नी निकिता पौडेलद्वारा दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनलाई खारेज गरिदिएको हो। यससँगै अब जिल्ला अदालत रुपन्देहीमा चलिरहेको ठगी मुद्दाको अन्तिम फैसला नभएसम्म लामिछाने थुनामै रहने भएका छन्।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो। तर, सो आदेशलाई उच्च अदालत बुटवलले उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावलोकनको मागसहित बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए। तर, दुवै माग सर्वोच्चबाट खारेज भएपछि अब उनलाई सफाइ नआएसम्म कारागारमा नै बस्नुपर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...