News Portal

रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गरिनुपर्ने भन्दै उनकी पत्नी निकिता पौडेलद्वारा दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनलाई खारेज गरिदिएको हो। यससँगै अब जिल्ला अदालत रुपन्देहीमा चलिरहेको ठगी मुद्दाको अन्तिम फैसला नभएसम्म लामिछाने थुनामै रहने भएका छन्।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो। तर, सो आदेशलाई उच्च अदालत बुटवलले उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावलोकनको मागसहित बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए। तर, दुवै माग सर्वोच्चबाट खारेज भएपछि अब उनलाई सफाइ नआएसम्म कारागारमा नै बस्नुपर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...