News Portal

गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

हिमालीसंचार संवाददाता
२१८ पटक

काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्लालाई चुनौती दिँदै गुनासो सुन्ने विशेष अभियान सञ्चालनमा ल्याएको छ। यो अभियान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा कोशी प्रदेशबाट प्रारम्भ गरिएको हो।

शाक्य स्वयं मैदानमा ओर्लिएर विराटनगरका उद्योगी, व्यवसायी, वितरण केन्द्र प्रमुखहरू लगायत सरोकारवालासँग प्रत्यक्ष छलफलमा संलग्न भए। उनले विद्युत् आपूर्तिमा देखिएका समस्या, उपभोक्ताको गुनासो र प्राविधिक चुनौतीहरूबारे बुझेर त्यसको तत्काल समाधान खोज्ने उद्देश्यसहित यो अभियान थालिएको जानकारी दिए।

“हल्ला होइन, सेवा सुधार हाम्रो पहिलो प्राथमिकता हो,” शाक्यले भने, “प्राधिकरण विश्वसनीय विद्युत् आपूर्तिमा दृढ छ र हामी उपभोक्ताको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्छौं।” उनका अनुसार, कोशी प्रदेशमा डेडिकेटेड फिडरको अवस्था, विद्युत् वितरणको नियमितता र गुणस्तरसम्बन्धी विषयमा गम्भीर छलफल गरिएको छ।

शाक्यले यो अभियान अन्य प्रदेशहरूमा पनि विस्तार गरिने जानकारी दिएका छन्। “वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका औद्योगिक सहरहरूमा पनि हामी यही मोडेलमा अघि बढ्नेछौं। समस्या कस्ता छन् भन्ने कुरा प्रत्यक्ष संवादबाट थाहा हुन्छ,” उनले भने।

उनका अनुसार, गुनासो सुन्ने अभियान छलफलमै सीमित नरहनेछ, समस्या पहिचान गर्दै व्यवहारिक समाधानमा प्राधिकरण सक्रिय रूपमा लाग्नेछ। उपभोक्ताको विश्वास जित्ने उद्देश्यसहित सुरु गरिएको यो प्रयासले विद्युत् सेवा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...