News Portal

रवि लामिछानेको मुद्दामा सुप्रिम सहकारी पीडिततर्फको बहस टुंगियो, जवाफी बहसमा जुटे लामिछानेका कानुनी प्रतिनिधि

हिमालीसंचार संवाददाता
२१७ पटक

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसम्बन्धी चर्चित मुद्दामा आज सर्वोच्च अदालतमा नयाँ मोड आएको छ। सुप्रिम सहकारी घोटालाका पीडितको तर्फबाट प्रस्तुत गरिएको बहस सकिएको छ भने अब रवि लामिछाने पक्षका कानुनी प्रतिनिधिहरू जवाफी बहसमा जुटेका छन्।

सर्वोच्च अदालतमा आज पीडित पक्षको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले क्रमशः बहस प्रस्तुत गरे। उनीहरूले सहकारी पीडितहरूको न्यायका लागि कानुनी आधारहरू पेस गर्दै, अभियुक्तहरूलाई कानुनी दायरामा ल्याइनु पर्नेमा जोड दिएका थिए।

पीडित पक्षको बहस सकिएपछि रवि लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी तर्क राख्न थालेका छन्। उनले आरोपको खण्डन गर्दै मुद्दालाई कानुनीरूपमा रक्षा गर्न प्रयास गरिरहेका छन्।

यसैबीच, सुनुवाइ गरिरहेका न्यायाधीश नहकुल सुवेदीले आजैको कार्यसूची भित्रै बहस सकिने गरी छोटो र सारगर्भित ढंगले बहस टुंग्याउन सुझाव दिएका छन्। यदि बहस आजै सम्पन्न भयो भने, सोही दिन आदेश पनि आउन सक्नेछ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...