News Portal

रवि लामिछानेको मुद्दामा सुप्रिम सहकारी पीडिततर्फको बहस टुंगियो, जवाफी बहसमा जुटे लामिछानेका कानुनी प्रतिनिधि

हिमालीसंचार संवाददाता
१९४ पटक

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसम्बन्धी चर्चित मुद्दामा आज सर्वोच्च अदालतमा नयाँ मोड आएको छ। सुप्रिम सहकारी घोटालाका पीडितको तर्फबाट प्रस्तुत गरिएको बहस सकिएको छ भने अब रवि लामिछाने पक्षका कानुनी प्रतिनिधिहरू जवाफी बहसमा जुटेका छन्।

सर्वोच्च अदालतमा आज पीडित पक्षको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले क्रमशः बहस प्रस्तुत गरे। उनीहरूले सहकारी पीडितहरूको न्यायका लागि कानुनी आधारहरू पेस गर्दै, अभियुक्तहरूलाई कानुनी दायरामा ल्याइनु पर्नेमा जोड दिएका थिए।

पीडित पक्षको बहस सकिएपछि रवि लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी तर्क राख्न थालेका छन्। उनले आरोपको खण्डन गर्दै मुद्दालाई कानुनीरूपमा रक्षा गर्न प्रयास गरिरहेका छन्।

यसैबीच, सुनुवाइ गरिरहेका न्यायाधीश नहकुल सुवेदीले आजैको कार्यसूची भित्रै बहस सकिने गरी छोटो र सारगर्भित ढंगले बहस टुंग्याउन सुझाव दिएका छन्। यदि बहस आजै सम्पन्न भयो भने, सोही दिन आदेश पनि आउन सक्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...